राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी गर्न सकिने
नेपाल प्रेस
२०८० पुष २४ गते ७:४१
काठमाडौं । राष्ट्रियसभाका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी हाल्न सकिने भएको छ ।
निर्वाचन आयोगले आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।
१९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन हनेछ ।
यस्तै पुस २७ गतेसम्म नाम फिर्ता लिने समय तोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर