चीनको लागि सैन्य योजनाहरू जासुसी गरेको आरोपमा अमेरिकी नौसेना अधिकारी जेल चलान
काठमाडौँ । चीनको लागी अमेरिकी नौसेनाका योजनाहरू जासुसी गरेको अभियोगमा अमेरिकाका नौसेनाका एक अधिकारी जेल चलान भएका छन् ।
बीबीसीका अनुसार वेनहेङ चाओ नाम गरेका २६ वर्षका ती नौसेना अधिकारीले क्यालिफोर्निया नौसेनामा काम गर्दा चिनियाँ गुप्तचरलाई सूचना बिक्री गरेको आरोपमा उनी जेल चलान भएका हुन् ।
गत अगस्टमा क्यालिफोर्नियाबाट पक्राउ परेका उनले अगस्टमा दोषी स्वीकार गरेका थिए । सोमबार अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतले उनलाई २७ महिना जेल सजाय सुनाएको छ ।
सन २०२१ देखी सन २०२३ सम्म अमेरिकाको नौसेनाको अभ्यास, पूर्वाधार योजना देखी सञ्चालक लगायतका सूचनाहरू चुहाएको आरोप छ ।
हिन्द प्रशान्त क्षेत्रको सैन्य अभ्यासदेखि जापानको ओकिनावामा जडान गरेको राडार लगायतका संवेदनशील सूचनाहरू उनले चुहाएको आरोप छ । ती सबै सूचना चुहाए बापत उनलाई १४ हजार ८६६ अमेरिकी डलर रकम दिइएको बताइएको छ ।