उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित (भिडिओ) – Nepal Press

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमवार भएको निर्वाचनवाट सुमन कुमार श्रेष्ठले प्रतिष्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन् । श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए ।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै बहुमत प्राप्त गरेको छ । श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, उद्योगतर्फवाट अशोक अधिकारी वाणिज्य तर्फबाट राजेन्द्र ओली र कर्पोरेट वस्तुगत तर्फबाट नारायण प्रधान विजयी भएका छन् ।

उद्योग वाणिज्य सघ चितवन २०७९/८० का तृतिय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको २०८०–८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले मतदाताहरुलाई धन्यवाद दिँदै आफूले प्रस्तुत गरेको एजेण्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफु व्यवसायीहरुको माझमा रहेर र उद्योग वाणिज्य सघले गरेको काम कार्यहरु व्यवसायीहरुलाई जानकारी गराउने उनले बताए ।

पराजित उम्मेदवार पन्तले अध्यक्ष श्रेष्ठलाई बधाई दिनु हुदै व्यवसायीकहरुको हकहितका एजेण्डामा काम गर्नु हुन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर