ॐ स्वस्ती अस्तु
सन् २०२३ डिसेम्बर ३० र ३१ क्रमशः शनिबार र आइतबार परेको तथा २०२४ को जनवरी १ तारिक पनि नयाँ वर्षको बिदा परेकोले सप्ताहन्त ३ दिनको हुन गयो । अघिल्लो सप्ताहन्त पनि क्रिसमसको कारण यस्तै लामो हुँदा टिमोर-लेष्टेको राजधानी दिलीमा कर्फ्यु लागे जस्तै सुनसान भएको थियो । त्यसैले डिसेम्बर २९ तिरै इन्डोनेसियाको बाली जाने निधो गरें, ४ दिनको लागि ।
न परिवारमा सल्लाह गरेको छ न त कोही साथीहरू साथमा छन्, यसरी एक्लै घुम्न निस्किँदा सुन्ने वा नसुन्ने गरी गाली खानु स्वाभाविक नै हुन सक्ने ठानेर बालीको धर्ती टेक्ने वित्तिकै दुई पंक्तिको सम्भावित ‘गाली प्रतिरोधक कवच’ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएँ-
बल्ल घुम्न पा’को भनी बाली आइयो
एक्लै किन गा’को भनी गाली खाइयो !
बालीको पर्यटन, सुन्दरता र त्यहाँको विशेष हिन्दू संस्कार/संस्कृतिका बारेमा केही सुनेको पढेको भए पनि मैलै बालीको भ्रमण गरेको यो नै पहिलो पल्ट हो । त्यसैले त्यस ठाउँको संस्कार, संस्कृति र पर्यटनका आयामहरूको बारेमा जान्ने र बुझ्ने चासो नहुने कुरै भएन ।
पहिलो भ्रमणमा बाली घुमाउने सारथि डीके १०४८ नम्बरको गाडीका चालक र भ्रमणको दोस्रो दिनमै पुगिएको एउटा परम्परागत बालिनी गृहकी कर्मचारी काडेक फेब्रियानीले केही रोचक जानकारीहरू दिएर बालीप्रतिको उत्सुकता अझै बढाइदिए । आफैंले देखेका अरू केही कुराहरू पनि बहुतै रोचक लागे ।
डिसम्बर २९ शुक्रबारको दिन विमानस्थलबाट निस्केर सवारीसाधन प्रतीक्षालयमा करिब २ घण्टा कुर्नुपर्यो । अरु वेला १५ मिनेट लाग्ने बाटो छिचोल्न त्यो दिन गाडी चालक काडेकलाई २ घण्टा लागेछ । यस्ता खास बिदाका वेला विभिन्न देशबाट हजारौं पर्यटक बालीमा ओइरिँदा रहेछन्, र त्यस्तो वेला शहरमा असाध्यै धेरै ट्राफिक जाम हुनेरहेछ ।
बालिनी गृह एक जना कफी व्यापारीको आवास रहेछ । ती व्यापारीको कफी खेती रहेछ, जहाँ उत्पादित कफी त्यस बालिनी गृह परिसरमा चाख्न तथा खरिद गर्न पाइने रहेछ । उनले आफ्नो परम्परागत बालिनी गृहलाई निःशुल्क अवलोकन गर्न पनि उपलब्ध गराउँदा रहेछन् ।
अत्यासलाग्दो पर्खाइपछि हातमा मेरो नामको कागज बोकेर एक जना व्यक्ति हस्याङफस्याङ गरेको देख्नासाथ उनीतिर लम्किएर भनें ‘मै हुँ सोम खनाल ।’ उनले नमस्कार शैलीमा हात जोडेर भने, ‘ॐ स्वस्ती अस्तु, मेरो नाम काडेक हो ।’ मैले हात जोडेरै ‘नमस्ते’ भनें । तर, त्यसपछि चै ट्वाल्ल परेछु । एकैछिनको असमञ्जसलाई चिर्दै उनैले भन्न थाले- ‘सायद तपाईंहरू नमस्ते भन्नुहुन्छ, हामी बालिनीहरू ‘ॐ स्वस्ती अस्तु’ भन्छौं । तर, यसको अर्थ र भाव एउटै होला ।’
उनले हात जोडेर विनम्रताका साथ व्यक्त गरेको ‘ॐ स्वस्ती अस्तु’ युक्त स्वागतले पट्यारलाग्दो पर्खाइलाई बिर्साइदियो र मलाई क्रमशः बालीप्रेमी बनाउँदै लग्यो ।
राजधानी देनपसार र कुता समुन्द्री किनार आसपासको अत्यासलाग्दो ट्राफिक जाम छल्न दोस्रो दिन चैं बालीको सांस्कृतिक शहर उबुधतिर लाग्यौं । उबुध जाँदैगर्दा बाटोमा एउटा ‘बाटिक-गृह’मा पसियो र बालिनीहरूले बाटिक कपडा बनाउने परम्परागत तरिका हेरियो ।
बाटिक इन्डोनेसियाको परम्परागत कपडा हो । सेतो सुती कपडामा मैन र विभिन्न रंगहरूको संयोजनबाट हातैले विभिन्न किसिमका आकर्षक बुट्टा भरेर तयार गरिने कलात्मक बाटिक कपडा इन्डोनेसियाको विभिन्न भूभागमा खासगरी महिलाहरूले तयार गर्ने रहेछन् । त्यसरी तयार गरेको बाटिक कपडाका पोशाकहरूको इन्डोनेसिया र बालीमा बेग्लै महत्व र इज्जत रहेछ ।
उबुधको बाटिक पसलमा मैले पनि १-२ कमिज खरिद गर्न चाहें । तर, मूल्य छोइनसक्नु रहेछ । अलि सरल मूल्यमा कतै पाइएला कि भनेर जकार्तामा रहनुहुने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका आवासीय प्रतिनिधि राजेन्द्र अर्याललाई फोन गरी सल्लाह लिँदा उहाँले कुतामा रहेको ‘कृष्ण ओले ओले’ भन्ने दुकानमा खरिद गर्ने सुझाव दिनुभएकोले बेलुका नै कृष्ण ओले ओलेमा जाने मनसाय बनाएर त्यहाँबाट निस्किएँ ।
त्यसपछि काडेकले परम्परागत बालिनी गृह लगिदिए । त्यो बालिनी गृह एक जना कफी व्यापारीको आवास रहेछ । ती व्यापारीको कफी खेती रहेछ, जहाँ उत्पादित कफी त्यस बालिनी गृह परिसरमा चाख्न तथा खरिद गर्न पाइने रहेछ । उनले आफ्नो परम्परागत बालिनी गृहलाई निःशुल्क अवलोकन गर्न पनि उपलब्ध गराउँदा रहेछन् ।
बालिनी गृहको प्रवेशद्वारमै बाटिकले बुनेको पोशाकमा सजिएकी एक किशोरीले ‘ॐ स्वस्ती अस्तु’ भन्दै हात जोडिन् । मैले ‘नमस्ते’ गरें । उनले इण्डिया भनेर सोधिन् । मैले होइन भनें । त्यसपछि उनले नेपाल भनिन्, मैले खुशीसाथ हो भने । अनि उनले त्यसो भए तपाईं हिन्दू होला भनिन् । मैले हो भने । उनी पनि हिन्दू नै रहिछन् ।
परम्परागत बालिनी गृह तथा मन्दिरहरूको प्रवेशद्वार कलात्मक रहेछन् । सबैभन्दा बाहिरको प्रवेशद्वारमा ढुंगाद्वारा निर्मित उस्तै आकारका कलात्मक खम्बाहरू हुने रहेछन्, जसका बीचबाट प्रवेश गर्नुपर्ने रहेछ । त्यस्ता प्रवेशद्वारलाई ‘काण्डी बेन्टार’ भनिँदो रहेछ । बालीका प्रायः हरेक घर या मन्दिरहरूमा यस्तै प्रवेशद्वार राखिएको देखिन्छ ।
त्यस बालिनी गृहको प्रवेशद्वारमै बाटिकले बुनेको पोशाकमा सजिएकी एक किशोरीले ‘ॐ स्वस्ती अस्तु’ भन्दै हात जोडिन् । मैले ‘नमस्ते’ गरें । उनले इण्डिया भनेर सोधिन् । मैले होइन भनें । त्यसपछि उनले नेपाल भनिन्, मैले खुशीसाथ हो भने । अनि उनले त्यसो भए तपाईं हिन्दू होला भनिन् । मैले हो भने । उनी पनि हिन्दू नै रहिछन् ।
उनले आफ्नो नाम काडेक भनेर चिनाइन् । म अलि छक्क परें । किनभने मलाई त्यहाँ लाने गुरुजीको नाम पनि काडेक नै थियो । मलाई यहाँ ल्याउने गुरुजीको नाम पनि काडेक नै हो, कस्तो गजबको संयोग परेछ त भनिहेरें । उनले मेरो आश्चर्य भावलाई खासै महत्व नदिई भनिन्- ‘छक्क पर्नु पर्दैन । यहाँ धेरै मान्छेको नाम काडेक हुन्छ ।’ तर, उनको जवाफले मेरो छक्क पराइलाई घटाएन, बरू बढाइदियो ।
सायद उनले म अझै जिज्ञासु भएको बुझिछिन् क्यार ! प्रस्ट पार्दै भनिन्- ‘यहाँ मान्छेको नाम राख्ने विधि नै यस्तो छ कि धेरै मान्छेको एउटै नाम हुन्छ । ‘जस्तै’- मैले सोधें ।
उनी भन्दै गइन्- ‘बालीबासीले हरेक जेठो सन्तानको नाम वाइयान, गेडे वा पुतु राख्छन् । जेठो सन्तान छोरी भएमा उसको नाम वाइयान, गेडे, पुतु वा लो राख्ने गर्छन् । दोस्रो सन्तान चैं छोराछोरी जे भए पनि उसको नाम माडे वा काडेक राखिन्छ । त्यस्तै तेस्रो सन्तानको नाम कोमाङ वा न्योमान हुने गर्छ भने, चौथो सन्तानको नाम केतुत राख्छन् । हजुरको गुरुजी र म दुवै जना दोस्रो सन्तान परेछौं । त्यसैले हामी दुवैको नाम काडेक भएको हो ।’
यो मेरो लागि विल्कुलै नौलो जानकारी थियो । ‘त्यसो भए तिम्रो नाम काडेक मात्र त होइन होला नि ! तिम्रो परिवारको नाम र थर चै के हो नि ?’- मैले पुनः सोधें । उनले भनिन्- ‘यहाँ कसैको नाममा पनि थर जोडिएको हुँदैन । मेरो पूरा नाम चैं ‘नि काडेक फेब्रियानी’ हो । केटा मान्छेको नामको अघि ‘आइ’ र केटी मान्छेको नामको अघि ‘नि’ लगाइन्छ । म फेब्रुअरीमा जन्मेको भएर मेरी आमाले मेरो नाममा फेब्रियानी पनि जोडिदिनु भो । त्यसैले मेरो पूरा नाम ‘नि काडेक फेब्रियानी’ भयो ।’
उनको यो व्याख्याले मेरो घैंटोमा घाम लागे लागे जस्तो भयो र मनमनै सोचें- ‘यो गुरुजीको नाम आइ काडेक पछि के होला त ?’
बालीबासीको छोराछोरीको नाम जुराउने तरिकाका बारेमा ‘नि काडेक’ले अलिअलि बुझाएको कुरा पछि इन्टरनेटमा जाँची हेर्दा दुरुस्तै पाइयो । चौथो सन्तानपछि पाँचौं सन्तान पनि जन्मेमा उसको नाम पहिलो सन्तानको जस्तैः वाइयान, गेडे, पुतु वा लो राखिँदो रहेछ । तर, पहिलो र पाँचौंलाई छुट्याउन नामको पछि ‘बालिक’ थपिँदो रहेछ । जस्तैः पाँचौं सन्तानको लान ‘गेडे बालिक’, छैटौंको ‘काडेक बालिक’ आदि ।
बालीका मान्छेहरूको नामकरणको व्याख्यापछि काडेकले पछाडितिरको बगैंचामा लगिन् । त्यहाँ एउटा सानो चिया पसल जस्तै रहेछ । पसलसँगैको छाप्रोमा रहेको मेचमा बस्न लगाएर एउटा मेनु जस्तो कागज देखाउँदै भनिन्– ‘मेरो साहुजीको कफी खेती छ, जसमा केही प्रकारका कफी उत्पादन हुन्छन् । त्यसमध्ये यहाँको विशेष चै ‘लुवाक कफी’ हो । अरुखाले कफी चैं म सित्तैमा चखाउन सक्छु, लुवाक कपी चाख्ने हो भने चैं ५० हजार रुपैयाँ लाग्छ ।’
इन्डोनेसियाको मुद्राको नाम रुपैयाँ हो, जुन धेरै नै सस्तो छ । एक अमेरिकी डलर बराबर १५ हजार रुपैयाँ हुन्छ । यस हिसाबले नेरू १ बराबर करिब ११५ इन्डोनेसिया रुपैयाँ हुन जान्छ । त्यसरी हेर्दा त्यहाँको ५० हजार रुपैयाँ अर्थात करिब ४३० नेपाली रुपैयाँमा त्यो लुवाक कफी चाख्नु मनासिवै लाग्यो । तर, चाख्नुअघि मैले लुवाक कफीको बारेमा अलि विस्तृतमा जान्न चाहें ।
परम्परागत बालीनी आवास विभिन्न प्रयोजनका निम्ति बनाइएका अनेक भवनसहितको एक प्रासाद जस्तो भव्य र व्यवस्थित हुने रहेछ । यो सबै बताइदिएर मलाई उनीहरूको सानो कफी पसलमा छोडेर काडेक कतै गइन् । मन राखिदिनमात्र १ प्याकेट बाली कफी किनेर म त्यहाँबाट रफुचक्कर भएँ ।
अलिक पर्तिर रहेको एउटा सानो खोरतर्फ देखाउँदै काडेकले सोधिन्- ‘उ त्यो खोरभित्रको जनावर देख्नु भो ? (त्यहाँ एउटा मलसांप्रो जस्तै जनावर थियो) त्यही हो लुवाक भनेको ।’
‘बोटबाट टिप्नेबित्तिकै लुवाकलाई कफीका काँचा दाना खान दिइन्छ । कफीका दानाको बाहिरको कमलो गुदी लुवाकले पचाउँछ । तर, भित्रपट्टिको कडा पत्रसहितको दाना नपचिकन लुवाकको आचीसँगै निस्कन्छन् । त्यै आचीलाई संकलन गरेर त्यसमा रहेका कफीका दानाहरू धोइ पखाली, भुटेर, पिसेर तयार गरेको कफी नै लुवाक कफी हो’, उनले छोटकरीमा लुवाक कफीको परिचय दिइन् । साथै एउटा नरिवलको पातले बुनेको सानो नाङ्लोमा लुवाकको आचीका सुकेका गुइठाहरू पनि देखाइन् ।
लुवाक कफीको बारेमा यसअघि पनि सुनेको थिएँ । थाइल्याण्डतिर चै कफीका काँचा दाना हात्तीलाई खुवाएर पछि हात्तीको आचीबाट नपचेका कफीका दाना संकलन तथा प्रशोधन गरी तयार गरिएको ‘एलिफेण्ट कफी’का बारेमा पनि यदाकदा सुनेको हो । तर, यस्तो कफी देखेको र सेवन नै गर्ने किसिमको परिस्थिति बनेको थिएन । मैले एकमनले त सोचें- ‘यो मलसांप्रोको गुहुबाट बनाएको कफी त के खानु र ?’ तर, उत्तिखेरै मन बदलियो र एक कप लुवाक कफी किनेर चाखें ।
म कफीको पारखी नै त होइन । तर, कफी निकै पिउँछु । जीवनमा पहिलो पल्ट चाखेको लुवाक कफी मैले अघिपछि पिएका कफीहरूभन्दा निकै भिन्दै र वासनायुक्त लाग्यो । तर, त्यो वासना कुनै कोणबाट पनि मलसांप्राको गुहुको जस्तो थिएन, एकदमै मनपर्दो र आकर्षक थियो ।
त्यसपछि काडेकले उनको साहुजीको घर देखाउन ल्याइन् ।
बालीनीहरूको परम्परागत आवास परिसरमा धेरै वटा ससाना घरटहराहरू हुँदा रहेछन् । सबै टहराको अवस्थिति वास्तुद्वारा मिलाइएको हुनेरहेछ । पूर्व-उत्तरमा संघग वा मेराजन भनिने पूजा घर हुनेरहेछ । पूजा घरमा पण्डित बस्ने छुट्टै प्यासन (ब्यासासन ?) हुनेरहेछ । पश्चिम-उत्तरपट्टि विवाह आदि अनुष्ठानका लागि अनुष्ठान गृह हुने रहेछ । पूजा घर र अनुष्ठान गृहको बीचमा घरका वृद्धवृद्धाको सयन कक्ष हुने रहेछ । त्यसको सामु परिवारका अन्य सदस्य, पाहुना आदिका लागि अलग अलग भवन हुने रहेछन् । बीचमा परिवारको बैठक गर्ने बैठक घर हुनेरहेछ । सबैभन्दा दक्षिणमा भान्साघर हुनेरहेछ ।
समुन्द्री किनारको नजिकै एउटा सानो टापुमा रहेको ताहना-लोट मन्दिरले पोखराको तालबाराहीको सम्झना गराइदियो । ताहना-लोटबाट फर्किंदै गर्दा हिल्याउन ठिक्क पारेको टारीखेतको बीचमा रहेको याक्सा जस्तो लाग्ने झुप्रो अगाडि लगेर काडेकले गाडी रोकिदिए । बाहिरबाट हेर्दा याक्सा जस्तो देखिने झुप्रो, भित्र पस्दा त भव्य भोजन गृह रहेछ !
यसरी हेर्दा परम्परागत बालीनी आवास विभिन्न प्रयोजनका निम्ति बनाइएका अनेक भवनसहितको एक प्रासाद जस्तो भव्य र व्यवस्थित हुने रहेछ । यो सबै बताइदिएर मलाई उनीहरूको सानो कफी पसलमा छोडेर काडेक कतै गइन् । मन राखिदिनमात्र १ प्याकेट बाली कफी किनेर म त्यहाँबाट रफुचक्कर भएँ ।
जीवनमा पहिलो पल्ट लुवाक कफी चाखेर, अनि परम्परागत बालीनी गृहको तस्वीर स्मृतिमा राखेर धानखेत हेर्न भनी त्यहाँबाट हिँडियो । बाटोमा मैले गुरुजी काडेकलाई सोधें- ‘तपाईंको पूरा नाम चैं के नि ?’ उनले हाँस्दै भने- ‘आई काडेक गेमुक- आई केटा भएको हुनाले, ‘काडेक’ भनेको दोस्रो सन्तान र गेमुक चै म मोटो भएर भनेको ।’
उनको नाम र अर्थ सुनेर म खित्कै छाडेर हाँसें ।
बालीनीहरूको नामकरणप्रति मेरो चासो देखेर उनले आफ्नी श्रीमतीलाई फोन गरेर कुरा गर्न लागे । उनकी श्रीमतीको नाम ‘नी कोमाङ पुस्पिता’ रहेछ । बालीको सामाजिक संरचनाको बारेमा कोमाङ निकै जानकार रहिछन् । उनीसँग फोनमा कुरा गर्दै काडेकले मलाई बालीका चार वर्ण (ब्राम्हण, क्षत्रीय, वैश्य र सूद्र)को बारेमा बताए, उनीहरू चै सूद्र (मजदुर) वर्गका रहेछन् ।
बालीका जम्मा ४५ लाख जनसंख्यामध्ये करिब ८७ प्रतिशत हिन्दू र कुल हिन्दूहरूमध्ये अत्यधिक (करिब ९५ प्रतिशत) सूद्र वर्णका रहेछन् ।
ब्राम्हण वर्णका पुरुषहरूले नामको अघि ‘इडा बागुस’ र महिलाले ‘इडा आयु’ जोड्ने रहेछन् । जस्तैः आई इडा वागुस पुतु राइ । क्षत्रीय (योद्धा÷राजा)हरूले नामको अघि आगुङ (महान), गुस्ती, चकोर्डा, देवा आदि जोड्ने गर्दा रहेछन् । जस्तैः आई आगुङ गेडे भैरवा । वैश्य (व्यापारी÷कृषक)ले गुस्ती आदि जोड्ने प्रचलन रहेछ । जस्तैः आई गुस्ती माडे सुपुत्रा !
काडेकमार्फत उनकी श्रीमती कोमाङले बताएका यिनै विवरण सुन्दै धानखेत-कृषि पर्यटन क्षेत्र, बाँदर, वनलगायत अन्य स्थानहरू पुगियो । त्यहाँ पुग्दा पर्यावरण र कृषिलाई पर्यटनसँग अन्तरघुलित गरिएको जुन अलौकिक परिदृश्यसँग साक्षात्कार भइयो, त्यसलाई वर्णन गर्न छुट्टै लेख आवश्यक पर्ने हुन्छ ।
भोलिपल्ट ताहना-लोट भनिने रुद्रको मन्दिर घुम्न गइयो । समुन्द्री किनारको नजिकै एउटा सानो टापुमा रहेको ताहना-लोट मन्दिरले पोखराको तालबाराहीको सम्झना गराइदियो । ताहना-लोटबाट फर्किंदै गर्दा हिल्याउन ठिक्क पारेको टारीखेतको बीचमा रहेको याक्सा जस्तो लाग्ने झुप्रो अगाडि लगेर काडेकले गाडी रोकिदिए । बाहिरबाट हेर्दा याक्सा जस्तो देखिने झुप्रो, भित्र पस्दा त भव्य भोजन गृह रहेछ !
बालीमा पाइने जेपुन फूललाई नेपालमा चुवा र भारतमा चम्पा भनिन्छ । म जन्मेको गाउँमा हाम्रो घर तलतिर झिल्किनी चौतारा नजिकै केही चुवाका बोटहरू थिए, जसमा मगमग वास्ना आउने चुवाका फूलहरू फुल्थे । धनकुटा बजारमा एउटा बुढो चुवाको बोट छ, जसको कारण त्यो ठाउँको नाम नै ‘चुवाको बोट’ रहन गएको छ ।
त्यस भोजन गृहमा पस्नासाथ हरियो बाटिक पोशाक र गलामा पहेंलो चुवाको मालामा सजिएकी एउटी किशोरीले हात जोड्दै- ‘ॐ स्वस्ती अस्तु’ भनिन् ! मैले हात जोड्दै- ‘हरियो पोशाक र पहेंलो मालामा तिमी भव्य देखिएकी छौ’ भनिदिएँ । उनले ‘धन्यवाद’ भन्दै अथ्याइन्- ‘यो जेपुन फूलको माला हो । जेपुन फूल हाम्रो विशेष महत्वको फूल हो । यसलाई बालीको प्रतीक फूल मानिन्छ र यो फूलविना भगवान पूजा नै पूर्ण हुँदैन ।’
बालीमा पाइने जेपुन फूललाई नेपालमा चुवा र भारतमा चम्पा भनिन्छ । म जन्मेको गाउँमा हाम्रो घर तलतिर झिल्किनी चौतारा नजिकै केही चुवाका बोटहरू थिए, जसमा मगमग वास्ना आउने चुवाका फूलहरू फुल्थे । धनकुटा बजारमा एउटा बुढो चुवाको बोट छ, जसको कारण त्यो ठाउँको नाम नै ‘चुवाको बोट’ रहन गएको छ । करिब ६ हजार किलोमिटर टाढा बालीबाट मैले मेरो जन्म गाउँको झिल्किनी चौतारा र धनकुटा बजारको चुवाको बोटको मीठो सम्झना गरें । आखिर मान्छे जति टाढा गयो, सम्झना उति नै नजिक हुनेरहेछ !
हाम्रा गाउँतिर चुवा फूल देउतालाई चढाउनु हुँदैन भन्थे जस्तो लाग्छ । बालीमा भने घरैपिच्छे चुवाका बोटहरू रोपिने रहेछ । बाली भूमध्य सागरको नजिकै रहेकोले यहाँ सधैं न्यानो हुन्छ, जाडो कहिले पनि हुँदैन । त्यसले गर्दा बालीमा बाह्रै महिना चुवा फुल्छ । पहेंलो वा गुलाफी मिश्रित सेतो रंगका बाक्ला पत्र भएका चुवा फूल र त्यसका मालाहरू वर्षैभरि बालीका विशेषता बन्ने रहेछन् ।
ती किशोरीले बखान गरेको चुवाको महिमा बडो चाख मानेर सुनिरहे तापनि अघि ताहना-लोट परिसरमा निकैबेर पैदल हिँडेको र दिन पनि छिप्पिँदै गएकाले खुब भोक लागेको थियो । त्यसैले भोकको झोंकमा मोलतोलको खासै पर्वाह नगरी त्यस भोजन गृहमा मैले टन्न खाना खाएँ ।
खानाको बिल लिएर ती नै किशोरी आइन् । बिल राम्रै उठेछ । अझै व्यापार गराउने अभिप्रायले होला ती किशोरीले बिल दिँदै भनिन्- ‘हाम्रोमा विविध प्रकारका चिया र कफीहरू छन्, तपाईंलाई इच्छा भए सित्तैमा चाख्न पनि पाइन्छ ।’
अघिल्लो दिन उबुदमा पिएको लुवाक कफी सम्झेर मैले ‘लुवाक कफी चाखाैं न त’ भनें । तर, लुवाक कफीको चैं ५० हजार रुपैयाँ लाग्ने बताएर उनले खिस्रिक्क पारिदिइन् । म पनि किन हार मान्थें- ‘त्यसो भए सित्तैमा चाख्न पाइने जति सबै चाखौं न त’ भनिदिएँ ।
खानाको बिल लिएर ती नै किशोरी आइन् । बिल राम्रै उठेछ । अझै व्यापार गराउने अभिप्रायले होला ती किशोरीले बिल दिँदै भनिन्– ‘हाम्रोमा विविध प्रकारका चिया र कफीहरू छन्, तपाईंलाई इच्छा भए सित्तैमा चाख्न पनि पाइन्छ ।’
उनी मख्ख पर्दै गइन् । केही बेरमा रंगीबिरंगी, विभिन्न स्वाद र वासनाका १४ प्रकार चिया/कफीले भरिएका काँचका कप राखिएको एउटा काठको तखता मेरोसामु राखिदिइन् । म हेरेको हेरेयै भएँ । उनले काखीमुनि च्यापेर मेनु पनि ल्याएकी रहिछन्, जसमा त्यहाँ ल्याइएका चिया र कफीका स्वाद, वासना र ती पिउँदा स्वास्थ्यमा हुने फाइदाको बारेमा लेखिएको रहेछ । त्यो कागजसमेत मेरोसामु राख्दै उनले भनिन्- ‘लौ, यथेष्ट समय लिएर यी १४ किसिमकै चिया-कफी चाखिदिनुहोस्, यीमध्ये मन परेका चियापत्ती र कफी हाम्रो पसलमा किन्न पनि पाइन्छ ।’
मैले मंगुस्तान, कागती घाँस, अदुवा, बेसार, बेलचण्डा, हरियो चियालगायतका मसला मिश्रित चिया, एभोकाडो आदि फलहरू मिसाइएका विभिन्न स्वाद र वासनाका कफी तथा चकलेटयुक्त समेत गरेर १४ वटै पेय चाखें । तर, तीमध्ये कुनै पनि किनिहालुँ जस्तो चैं लागेन र त्यहाँबाट छड्किएँ ।
भोलिपल्ट नयाँ वर्षको रमझममा भुलियो, बेस्सरी थाकियो । नयाँ वर्षको दोस्रो दिन बिहानै टिमोर-लेस्टे फर्किनु थियो । गुरुजी काडेक सखारै लिन आइपुगे र मिलिक्कै विमानस्थल पुर्याए ।
गाडीबाट उतारेर मेरो झोला हस्तान्तरण गरेपछि बिदा हुनै लाग्दा उनले मेरो हातमा जेपुनको एकथुंगा राखिदिँदै भने- ‘नमस्ते ! तपाईंको यात्रा सुखद रहोस् ।’
मलाई चार दिनसम्म कुनै झर्कोफर्को नगरी सारथी बनेका गुरुजी काडेकले मलाई ‘नमस्ते’ का साथ बिदा गर्नुको विशेष प्रतीकात्मक अर्थ थियो सायद- उनीसँग बिदा हुनुपर्दा मेरो मन पनि कस्तो कस्तो भयो । मनमा आभारयुक्त भाव उब्जियो ।
आई काडेक गेमुकसँग ४ दिन संगत गरेर छुट्टिँदाका अन्तिम संवादस्वरूप उनैले दिएको जेपुन फूलको थुंगाको साथ नमस्कार मुद्रामा हात जोड्दै अनायासै भन्न पुगेछु- ॐ स्वस्ती अस्तु !