चैतभित्र दुग्ध किसानलाई भुक्तानी निर्देशन
नेपाल प्रेस
२०८० पुष २५ गते १४:३०
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालल चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिइसकेको बताएका छन्
संसद सचिवालयमा आज भएको प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा मन्त्री भुसालले उक्त जानकारी दिएका हुन् ।
बैठकमा समिति सभापति आरजू राणा देउवाले मन्त्रीलाई किसानको रकम भुक्तानीका विषयमा प्रश्न गरेकी थिइन् ।
त्यसको जवाफ दिँदै मन्त्री भुसालले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई चैतभित्र किसानलाई भुक्तानी दिन निर्देशन दिइएको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर