आज पनि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक – Nepal Press

आज पनि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारबाट आज पनि २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दैछ । अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले २० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रूपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको सावाँ र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *