रमेश लेखकको दाबी- राष्ट्रियसभा चुनावमा गठबन्धनको मत बाँडिदैन (भिडिओ) – Nepal Press

रमेश लेखकको दाबी- राष्ट्रियसभा चुनावमा गठबन्धनको मत बाँडिदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मतदाता प्रदेशसभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै लेखकले एउटा पार्टीका उम्मेदवारले अर्को पार्टीका उम्मेदवार नचिन्ने भएको हुँदा अहिले राष्ट्रियसभामा आफ्ना उम्मेदवार जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताउका छन् ।

राष्ट्रियसभा चुनावमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधबारबाटै काम सुरू गरिसकेको भन्दै उनले पहिलो चरणमा सातवटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि बताए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको उनले जानकारी दिए । साथै गठबन्धनले सबै जिल्लामा पार्टीका जिल्ला प्रमुखहरूसहितको जिल्ला समन्वय समिति बनाउने निर्णय पनि गरेको छ ।

राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति संयोजक रहेका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर