आरजु भन्छिन्- बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको छु, रेस्पोन्स गर्नुभएको छ (भिडिओ)
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेटमा जोड दिइन् । बाँदरले बाली नष्ट गरेर किसानहरूले पाएको पीडाप्रति उनले चिन्ता व्यक्त गरिन् ।
आफूले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र रेस्पोन्स राम्रो आएको राणाले बैठकमा जानकारी गराएकी छन् ।
उनले भनिन्, ‘कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौं । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ ।
भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।