प्रधानमन्त्री कप क्रिकेटको लागि गण्डकी प्रदेशको टोली घोषणा
पोखरा । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।
गण्डकीले विपीन खत्रीको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा रिजन प्रजु रहनेछन् ।
पुस १९ देखि २५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट टोली ाघेषणा गरिएको हो । फाइनलमा तनहुँलाई पराजित गर्दै स्याङ्जाले छनोट प्रतियोगिताको उपाधि जितेको थियो ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म काठमाडौं र रुपन्देहीमा हुँदैछ ।
गण्डकी टोली
विपीन खत्री (कप्तान), समीर कँडेल (उपकप्तान), ईश्वर क्षेत्री, मुस्कान थापामगर, रोशन गौतम, क्रिश आयर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, आश्विन रानामगर, चन्द्रकान्त पौडेल र अंकित पौडेल ।