डा. चन्द्र भण्डारीले उठाए प्रश्न : बलात्कार केलाई मान्ने ? कानूनी व्याख्या आवश्यक – Nepal Press

डा. चन्द्र भण्डारीले उठाए प्रश्न : बलात्कार केलाई मान्ने ? कानूनी व्याख्या आवश्यक

काठमाडौं । क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु व्याप्त भइरहेका छन् । बलात्कार सम्बन्धी कानूनको दुरुपयोग भएको अधिकांसको टिप्पणी छ ।

यसैबीच, नेपाली कांग्रेसका चर्चित नेता तथा सांसद डा. चन्द्र भण्डारीले यो मुद्दाको सन्दर्भलाई नजोडिकन सैद्धान्तिक विषय उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था ।’

उनको स्टाटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्वन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांसको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।

यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।

बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर