मन्त्री ज्वालाले दिए नारायणघाट-बुटवल, मुग्लिन-पोखरा सडक निर्माणकाे प्रगती विवरण – Nepal Press

मन्त्री ज्वालाले दिए नारायणघाट-बुटवल, मुग्लिन-पोखरा सडक निर्माणकाे प्रगती विवरण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणघाट–बुटवल, मुग्लिन–पोखरा सडक खण्डको निर्माणको प्रगतीबारे जानकारी दिएका छन् । निर्माण कार्य ढिलाइ भएको भन्दै चर्काे विरोध भएपछि पत्रकार सम्मेलन गरेर मन्त्री ज्वालाले पछिल्लो ९ महिनामा भएको कामको जानकारी दिएका हुन् ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको सडक आयोजनाको काम कति भयो भनेर भएको पत्रकार सम्मेलनमा यातायता मन्त्री, सचिव केशबकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाल र एडीबी आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालको उपस्थित थियो । एडीबीको ऋण सहयोगमा नारायणघाट–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माण भइरहेको छ ।

मन्त्री ज्वालाले आफू मन्त्री भएर आएपछि विभिन्न समस्या सामाधान गर्दै नारायणघाट–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माणको कामले गति लिएको बताए । तर, मिडियामा भने काम नै नभएको जसरी प्रचार भइरहेको आरोप लगाए ।

निर्देशनालयका अनुसार नारायणघाट–बुटवल सडकमा ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सक्वेस ३८.६३ किलोमिटर, बेस २३.४८ किलोमिटर, कालोपत्रे ५.२९ किलोमिटर र अस्फाल्ट २०० मिटर मात्रै भएकामा चैतपछिको ९ महिनामा कल्भर्ट ७६ वटा, पुल ७ वटा, सबवेस २२.५३ किलोमिटर, बेस २६.८२ किलोमिटर, कालोपत्रे ३४.२७ किलोमिटर र अस्फाल्ट ९.१ किलोमिटर निर्माण भइसकेको बताएको छ ।

हालसम्म नारायणघाट–बुटवल सडकमा ४३ प्रतिशत काम भएको छ । सुरुमा गरेको ठेक्का सम्झौता अनुसार आयोजनाको काम १७ महिनाअघि नै सकिनुपर्ने हो । सो आयोजनाको लागत १७ अर्ब रहेको छ । निर्माण व्यवसायीले आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कोरोनाको कारण काम ठिलो भएको निर्देशनालयले बताएको छ ।

मुग्लिन–पोखरा सडकको ८० किलोमिटर सडक निर्माण गर्नु पर्नेमा २० किलोमितर कालोपत्रे सहित ४४ प्रतिशत काम सम्पन्न भएको छ । भने, पछिल्लो ९ महिनामा मात्रै १४ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले बताएको छ ।

९ महिनामा कल्भर्ट ८४ वटा, पुल ९ वटा, सववेस २३.५ किलोमिटर, बेस २४ किलोमिटर, कालोपत्रे २० किलोमिटर र अस्फाल्ट ४ किलोमिटर निर्माण भएको हो ।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा ठेक्का तोड्ने चेतावनी पछि निर्माण कम्पनीको मुख्य कार्यालयको प्रतिनिधिले सन् २०२५ भित्र काम सक्ने तालिका पेस गरको छ । सो आयोजनाको लागत १३ अर्ब ६१ करोड हो ।

त्यस्तै, एडीबीको ऋणमा बनिरहेको निर्माण भइरहेको ८६.८३ किलोमिटरको कञ्चनपुर–कमला सडकको काम पछिल्लो ९ महिनामा १२ प्रतिशत काम भएको छ । सो आयोजनाको हालसम्म ४१.४७ प्रतिशत काम भएको छ । आयोजनाको लागत १५ अर्ब ६५ करोड रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर