इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु
नेपाल प्रेस
२०८० पुष २७ गते ११:२५
काठमाडौं । इक्वेडरमा सामुहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए ।
उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरुमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए । उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।
प्रतिक्रिया