माघ महिनाका लागि कुमारी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर – Nepal Press

माघ महिनाका लागि कुमारी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनआईसी एसिया बैंकले लिमिटेडलले माघ महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

कुमारी बैंक र एसआईसी एसिया बैंकले पुस महिनाको तुलनामा माघ १ गतेदेखि लागु हुनेगरी मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले माघका लागी नयाँ ब्याजदर निर्धारण गरेका छन् ।

हाल पुस महिनामा मुद्दति निक्षेपतर्फ अधिक्तम ८.६७ प्रतिशत ब्यज दिदै आइरहेको एनआईसी एसीया बैंकले माघ महिनाका लागि ०.०२ प्रतिशत घटाएर ८.६५ प्रतिशतमा झारेको छ । बैंकले अब माघ १ गतेदेखि ब्यक्तिगततर्फ अधिक्तम ८.६५ प्रतिशत ब्यज र संस्थागततर्फ अधिक्तम ६.०६५ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, कुमारी बैंकले पनि पुस महिनाको तुलनामा माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर १.२ प्रतिशतले घटाएको छ । बैंकले अब माघ १ गतेबाट मुद्दती निक्षेपमा अधिक्तम ८.११ प्रतिशतमा ब्याज दिनेछ । पुस महिनामा बैंकले ९.३१ प्रतिशत ब्यज दिदै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *