लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित
काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३ औं साधारण सभाले ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न बैंकको २३औं साधारण सभाले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई, सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।