भद्रगोल अवस्थाका खेल संघहरु व्यवस्थित गर्दैछौं : सदस्यसचिव घिसिङ (भिडिओ)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल संघलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् ।
राखेप सदस्यसचिव घिसिङले शुक्रवार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सो धारणा राखेका हुन् । विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद संघ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने प्रयास रहेको उनको भनाइ छ ।
संविधान र नयाँ खेलकुद ऐनद्वारा निर्देसित काम कामकारबाही अगाडि बढिरहेको घिसिङले बताउनु भयो । साथै उहाँले पहिलोपटक नेपालमा खेलकुद विमालेख जारी भएको पनि जानकारी गराउनु भयो ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोेगिता आगामी पुसको २७ र २८ गते हँदैछ । प्रतियोगितामा पुरुष तथा महिलातर्पm समान ६ विधामा प्रतिष्पर्धा हुनेछन् ।
सदस्यसचिव घिसिङले अब प्रतियोगिताको मुखमा गएर खेलाडीको तयारी गराउने परम्पराको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैले अब हुने एसियाली खेलकुदको तयारी छिट्टै गरिने र त्यसको शुरुवात करातेबाट हुने सदस्यसचिव घिसिङको भनाइ छ ।
प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक संस्था नेपाल वादोरियो संघले राखेपका सदस्यसचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पत्रकार निरञ्जन राजवंशी र स्थानीय जनप्रतिनिधिलाई पनि सम्मान गरेको थियो ।
उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिष्पर्धा हुँदैछ ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् ।
प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष÷महिला खेलाडी, बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ ।