प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशमाथि पुलिसको जित
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ ओभर ३ बलमा २ सय १४ रनमा समेटियो ।
बागमतीका ओपनर आषुतोश घिरैयाले सर्वाधिक ९२ रन बनाए । घिरैयाले ८७ बलमा ९ चौका र ४ छक्कासहित ९२ रन बनाएर आउट भए ।
ईशान पाण्डे ४४, विपिन आचार्य १७, प्रतीक श्रेष्ठ १०, रित गौतम ९, सोनु देवकोटा १९ र गौतम केसी १३ रन बनाएर आउट भए । बलिङतर्फ पुलिसका सागर ढकालले ३, करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो ।
पुलिसका लागी राशिद खान १ सय ६ रनको शतकीय अविजित इनिङ खेलेका थिए । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए । आरिफ शेख ५७, दीपेन्द्रसिंह ऐरी २१, करण केसी १५ र सागर ढकालले ३ रन बनाए ।
बागमतीका रिजन ढकालले ३, सूर्य तामाङले ३ र गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए ।