सहकारी महासंघमा एमालेको प्यालन नै निर्विरोध निर्वाचित, अध्यक्षमा ओमदेवी मल्ल – Nepal Press

सहकारी महासंघमा एमालेको प्यालन नै निर्विरोध निर्वाचित, अध्यक्षमा ओमदेवी मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा अध्यक्षसहित पदाधिकरी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको हिजो भएको ३१औं साधारणसभाबाट एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । अध्यक्ष सहित २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

अध्यक्ष उमदेवी मल्लले अध्यक्षसहित सबै पदाधिकरी र सदस्य निर्विरोध निर्वाचित भएका बताइन् । उनी महासंघको पहिलो पहिला अध्यक्ष हुन् भने, महासंघ २०५० सालमा स्थापना भएको हो ।

कांग्रेस र माओवादी निकट सहकारी व्यवसायीले महासंघमा पदाधिकारी भागबन्डाका लागि लामो छलफला गरेका थिए । तर, अनकुल नहुने भएपछि चुनाव बहिष्कार गरेका थिए । निर्वाचन प्रतिनिधिका रुपमा २ सय ८७ जना प्रतिनिधि छानिएका थिए । तीमध्ये नेपाली कांग्रेसका ७१ जना, माओवादीका ३८ जना र बाँकी एमाले तथा नेकपा एसका प्रतिनिधि थिए ।

महासंघको अध्यक्षमा उमदेवी मल्ल, वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र तीन जना उपाध्यक्षमा खेमबहादुर पाठक, डीबी बस्नेत तथा इन्दिरा पन्त निर्विविरोध निर्वाचित भएका हुन् । महासंघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन तथा सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्वाचित भएका हुन् ।

महासंघका सञ्चालकहरूमा टेकप्रसाद चौलागाईं, हुमाकुमारी जीसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *