नैतिक र चारित्रिक संकटमा समकालीन नेतृत्व
राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति, समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा, नाइके, बाटो देखाउने व्यक्ति नेता हो । नेताहरुले नीति बनाउने भएकाले उनीहरुको ठूलो महत्व हुन्छ । उक्त नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ । त्यसैले राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ । यतिबेला देशमा भरोसा गर्न योग्य नेता र नेतृत्वको अभाव महसुस भैरहेको छ । नेता व्यक्ति हो र नेतृत्व सामूहिक विषय हो । सामाजिक मुद्दाहरुको उठान गर्ने व्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो ।
नेतृत्वको विधिवत अध्ययनको सुरुवात वंशानुगत नेतृत्व हस्तान्तरणको संस्कारबाट भएको देखिन्छ । यस प्रकारको नेतृत्वलाई ग्रेट मेन थिअरी भनिन्छ । जसअनुसार नेतृत्व वंंशमा आधारित भई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएर गएको हुन्छ । सामाजिक जीवनमा समयानुसार नेतृत्वको चयन वा छनोट वंशको आधारबाट मात्र नभई अन्य आधारबाट हुनुपर्छ भन्ने सोचको विकास हुँदै गएको देखिन्छ । यी विभिन्न आधारहरुको आआफ्नै मान्यताहरु छन् । वंशमा आधारित नेतृत्व संस्कारमा आधारित थियो भने त्यसपछि नेतृत्वको चयन गुणको आधारबाट हुनुपर्ने मान्यता विकास भयो, जसलाई स्ट्रेट अप्रोच भनिन्छ ।
यस मान्यता हालसम्म पनि उपयोगी र व्यवहारिक छन् भन्ने विचारकहरु पनि छन् । त्यसपछि नेतृत्व गुणको आधारभन्दा नेतृत्व व्यवहारसँग सम्बन्धित कार्यमा बढी संग्लन हुन्छ भन्ने धारणा विशेष गरी संगठित इकाइको नेतृत्वबारे अध्ययन गर्ने विद्वानहरुले प्रस्तुत गरे जसलाई व्यवहारवादी सिद्धान्त भन्ने गरिन्छ । संगठन सञ्चालनको लागि यस प्रकारको नेतृत्व उपयुक्त हुन्छ भनेर वैज्ञानिक र व्यवस्थित रुपबाट अध्ययन सन् १९५० बाट सुरु भएको हो । कस्तो नेतृत्व संगठनको लागि प्रभावकारी हुनसक्छ भन्ने खोजअनुसार कुनै एक नेतृत्व सधैं सफल र प्रभावकारी हुन नसक्ने भएर नेतृत्वको प्रभावकारिता परिवेशमा आधारित हुन्छ भनेर विचारकहरुले अध्ययनबाट प्रस्तुत गरे, जसलाई सांयोगिक नेतृत्व भनिन्छ ।
समाजशास्त्रीय सिद्धान्तअनुसार १५ प्रतिशत लिडरलाई समाजका ८५ प्रतिशत मान्छेले पछ्याइरहेका हुन्छन् । यति ठूलो तप्काले आफ्नो स्वविवेकले आफैं निर्णय र धारणा उत्पादन गर्न सक्दैन । त्यसैले समाजलाई दिशानिर्देश गर्ने अगुवाहरु जिम्मेवार र अध्ययनशील हुनुपर्छ, जवाफदेही हुनुपर्छ । तथ्यमा टेकेर बोल्न सक्ने निडर र सिंगो समाजलाई डोहोर्याउन सक्ने हुनुपर्छ । यसका लागि अध्ययन गर्ने बानी हुनुपर्छ । त्यसैले भन्ने गरिन्छ- रिडर इज लिडर । तर, विडम्बना हामीकहाँ पढ्ने बानी हराउँदै गएको छ । पुस्तक, पत्रपत्रिका पढ्ने बानीमा र्हास आइरहेको छ ।
माओ, लेनिन, फिडेल क्यास्ट्रो, महाथिर, हो चि मिन्ह वा समकालीन विश्वका चर्चित नेताहरु जस्ता हाम्रा नेता किन भएनन् वा जन्मिएनन् भनेर पनि भन्ने गरिन्छ । चामत्कारिक नेतृत्वको कल्पना गर्नु अन्यथा होइन । नेतृत्वमा अपवाद गुण भएका, विलक्षण प्रतिभा बोकेका कोही भैदिएको भए सायद देशको हालत अहिले देखिए जस्तो गञ्जागोल हुन्थेन ।
सामाजिक सञ्जाल र इन्टरनेटमा सहज भेटिने सूचना र सतही ज्ञानले सर्वज्ञानी भैरहेका छन् । व्यवहारिक ज्ञानगुणका कुरा, व्यक्तित्व विकास, नेतृत्व विकास र क्षमता विकास गर्ने खालका कार्यक्रम यदाकदा भए पनि कार्यक्रमका लागि कार्यक्रम गर्ने, खादा-माला र सम्मान ग्रहण गर्ने गराउने र सामाजिक सञ्जालका भित्ता रंगाउँदै आत्मरतिमा रमाउने प्रवृत्ति बढ्दो छ । यस्ता प्रवृत्तिहरु वाञ्छनीय होइनन् भन्ने सबैलाई थाहा त छ तर, अगुवा भनिनेहरुले नै यस्ता गतिविधिहरुलाई प्रश्रय दिइरहेका छन् ।
इमानदारी, अग्रगामी सोच, प्रेरणादायी, सामर्थ्यवान तथा सामूहिक दृष्टि नेतामा हुनैपर्ने गुण हुन् । भनिन्छ, जस्तो समाज छ ,त्यस्तै किसिमको नेतृत्व जन्मिन्छ । समाज र नेतृत्वका बीचमा महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ । माओ, लेनिन, फिडेल क्यास्ट्रो, महाथिर, हो चि मिन्ह वा समकालीन विश्वका चर्चित नेताहरु जस्ता हाम्रा नेता किन भएनन् वा जन्मिएनन् भनेर पनि भन्ने गरिन्छ । चामत्कारिक नेतृत्वको कल्पना गर्नु अन्यथा होइन । नेतृत्वमा अपवाद गुण भएका, विलक्षण प्रतिभा बोकेका कोही भैदिएको भए सायद देशको हालत अहिले देखिए जस्तो गञ्जागोल हुन्थेन ।
समाजशास्त्रीय विश्लेषणअनुसार नेतृत्व तीन तरिकाबाट जन्मिन्छ । पहिलो हो- जन्मँदै त्यस्तो विलक्षण प्रतिभा हुनु । त्यस्ता व्यक्तिहरुको व्यक्तित्व, बोली र व्यवहारले सबैलाई सम्मोहित पार्छ । दोस्रो हो- करिश्मा । यस्तो गुण मेहनत र परिश्रमबाट परिष्कृत हुन्छ । मान्छे हेर्दा शारीरिक रुपमा नराम्रो वा दुर्बल भए तापनि उनीहरुप्रतिको आम आकर्षण छुट्टै हुन्छ । तेस्रो हो- कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता हो । यद्यपि कानूनी वैधानिकता हुँदाहँुदै पनि पहिलो र दोस्रो गुणको अभावमा वास्तविक नेता जन्मिँदैन ।
नेता र नेतृत्व आफैंले बनाएको नियम र कानूनको परिधिभित्र बस्नुपर्छ । त्यस्तो नियम र कानूनअन्तर्गत देशको संविधान, नीतिनियमहरु वा पार्टीका आफ्नै विधि र विधानहरु पर्छन् । तर, व्यवहारमा ठीकविपरीत अवस्था देखिन्छ । पार्टीका विधान, देशको कानून र संविधानविरोधी हर्कत यिनै नेता र नेतृत्वबाट पटक पटक भैरहेको छ, जसले असल प्रजातान्त्रिक पद्धति, मूल्य र मान्यतामा विश्वास गर्ने राजनीतिक संस्कार अझै बस्न सकिरहेको छैन । प्रजातन्त्रको दुहाइ दिएर जीवन राजनीतिमा समर्पण गरेका, जेल, नेल र कष्टप्रद भूमिगत जीवन व्यतित गरेर आएका वर्तमान नेतृत्व पंक्तिमा तानाशाही प्रवृत्तिले टाउको उठाउन खोजिरहेको देखिँदैछ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले र चरम अवसरवादी भैरहेको छ । व्यवहारमा लोकतान्त्रिक आचरण र सामूहिक नेतृत्व हुनुपर्छ भन्ने सोच भएका आदर्शवान नेताहरु ओझेल पर्दै गएका छन् ।
नेता र नेतृत्व आफैंले बनाएको नियम र कानूनको परिधिभित्र बस्नुपर्छ । त्यस्तो नियम र कानूनअन्तर्गत देशको संविधान, नीतिनियमहरु वा पार्टीका आफ्नै विधि र विधानहरु पर्छन् । तर, व्यवहारमा ठीकविपरीत अवस्था देखिन्छ । पार्टीका विधान, देशको कानून र संविधानविरोधी हर्कत यिनै नेता र नेतृत्वबाट पटक पटक भैरहेको छ, जसले असल प्रजातान्त्रिक पद्धति, मूल्य र मान्यतामा विश्वास गर्ने राजनीतिक संस्कार अझै बस्न सकिरहेको छैन ।
देशको नेतृत्व गर्ने नेता र नेतृत्व भाडामा वा करारमा लिन सकिन्न । देश बनाउने यिनै नेताको कार्यभार हो । संघर्ष, आन्दोलन र जनपरिचालनमा पोख्त नेताहरुमा राज्यसत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी बहन गर्दा व्यवस्थापकीय कमीकमजोरी प्रशस्त देखिने गरेका छन् । व्यवस्थापनको कार्य र नेतृत्वका कार्यबीच भिन्नता छ । व्यवस्थापनको सर्वाधिक महत्वको काम भनेको संगठनलाई व्यवस्थित र स्थिर रुपमा सञ्चालन गर्नु हो भने नेतृत्वको आधारभूत कार्य भनेको परिवर्तन र गति सिर्जना गर्नु हो । अनुकूलन र रचनात्मक परिवर्तनको खोजी गर्नु हो । नेतृत्व विश्वव्यापी आकर्षण भएको विषय हो । नेतृत्वका बारेमा प्रेस जगतलगायत प्राज्ञिक अनुसन्धानको साहित्यमा प्रशस्तै चर्चा हुने गरेको पाइन्छ । तर पनि नेतृत्वको प्रकृति बुझ्ने कुरा अध्येता र अभ्यासकर्ता दुबैका लागि चुनौतीपूर्ण छ । यो निकै महत्वपूर्ण र जटिल घटना हो ।
नेताहरु व्यापारी, विभिन्न व्यापारिक प्रतिष्ठानका लगानीकर्ता र ठेकेदारमा परिणत भएका छन् । ठूला होटेल, अस्पताल, विद्यालय, उद्योग, मेडिकल कलेज, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरुका अदृश्य पार्टनर हुने गरेका छन् । यसले गर्दा उनीहरुको निष्ठा र इमानदारीमा गम्भीर प्रश्न उठ्ने गरेको छ । खासमा राजनीति गर्ने नेताको काम नीतिनियम बनाउने हो । त्यसैको आधारमा चुस्त दुरुस्त प्रणाली स्थापना गरेर प्रणालीगत रुपमा कार्य गर्ने र गराउने परिपाटी हुनुपर्छ । निश्चित विधि प्रक्रिया र मापदण्ड बनेपछि नेतृत्व गर्नेले त्यसैको परिधिभित्र रहेर कार्य गर्ने गराउने हो ।
पछिल्लो समय नवधनाढ्य वर्गको उदय हुँदैछ समाजमा । यो वर्गको चरित्र ढोंगी हुन्छ । दलाल पूँजीपतिहरुको वर्ग हो यो । खासै मेहनत नगरी छोटो अवधिमा नै खास गरेर घरजग्गाको दलाली व्यवसायबाट अपारदर्शी ढंगले रातारात धनी भएको वर्ग हो यो । पैसा र सम्पत्ति प्रशस्त भएपछि यो वर्गलाई अब समाजमा प्रभुत्व जमाउने, पहिचान बनाउने र आफूलाई विशिष्ट देखाउन तल्लीन हुन्छ । दार्शनिक मार्कस सिसेरोले ईशापूर्व ४३ मा भनेको कुरा अहिले पनि हाम्रो समाजमा सान्दर्भिक देखिन्छ ।
पछिल्लो समय नवधनाढ्य वर्गको उदय हुँदैछ समाजमा । यो वर्गको चरित्र ढोंगी हुन्छ । दलाल पूँजीपतिहरुको वर्ग हो यो । खासै मेहनत नगरी छोटो अवधिमा नै खास गरेर घरजग्गाको दलाली व्यवसायबाट अपारदर्शी ढंगले रातारात धनी भएको वर्ग हो यो । पैसा र सम्पत्ति प्रशस्त भएपछि यो वर्गलाई अब समाजमा प्रभुत्व जमाउने, पहिचान बनाउने र आफूलाई विशिष्ट देखाउन तल्लीन हुन्छ ।
सिसेरो भन्छन्- ‘समाजमा एउटा गरिबले काम गरेको गरेयै गर्छ । धनीले उसको शोषण गरिरहेको हुन्छ । सेनाले यी दुबैको संरक्षण गर्छ । करदाताले यी तीन वटैलाई लुटिरहेको हुन्छ । वकिलले यी चार वटालाई गलत दिशानिर्देश गरिरहेको हुन्छ । डाक्टरले औषधोपचारको क्रममा यी ६ वटालाई दोहन गर्छ । गुण्डा र डाँकाहरुले सबै ७ जनालाई तर्साइरहेको हुन्छ र अन्तिममा आइपुग्छ राजनीतिज्ञ, जो समाजमा रहेकामाथिका आठ भिन्न प्रकृतिका मान्छेहरुमाथि राज गरेर सुखपूर्वक जीवन बिताइरहेको हुन्छ ।’
समकालीन नेपाली समाजमा कता कता यस्तै भए जस्तो आभाष मिल्छ । बलियो नेतृत्वको अभावले गर्दा सारा विश्वभरि नै गडबडी भैरहेको छ । अनिश्चित समयसँग संघर्षरत विश्वका प्रायः सबैजसो देशहरुले दृढ नेतृत्वको अभावमा अनेक खालका चुनौती सामना गरिरहेका छन् । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जताततै अशान्ति व्याप्त छ । नैतिकता, मूल्य र मान्यता खण्डित भैरहेका छन् । हत्या, हिंसा, धार्मिक द्वन्द्व, आर्थिक अनिश्चय, स्रोतसाधनको असमान वितरण, भ्रष्टाचार, सामाजिक अशान्ति, परिवारको बिखण्डन, साइबर अपराध, रोग, भोकमरी, यौन हिंसा, जातीय द्वन्द्व, विश्व आतंकवाद र युद्ध जस्ता कुराले गर्दा वर्तमान विश्वले आत्मघातको नियति व्यहोर्दैछ ।
तसर्थ, हामीलाई यतिबेला यी जल्दाबल्दा समकालीन समस्याबाट पार लगाउन सक्ने साहसिक नेतृत्वको खाँचो छ । नेतृत्व विकास गर्न सकिने गुण हो । यसका लागि नेतृत्व गर्ने साहस गर्ने व्यक्तिले तालिम, अध्ययन र अनुशरण गर्ने बानीको विकास गर्नुपर्छ ।
समकालीन नेतृत्वले उपयुक्त समस्याहरुको सम्बोधन गर्न उनीहरुमा बृहत भिजन, प्राज्ञिक र बौद्धिक श्रेष्ठता, गतिशील वाककला र सञ्चार सीप भयो भने व्यवस्थापनका विज्ञहरुलाई मनाउन र नियन्त्रण गर्न सकिन्छ । तर, इतिहासले यो देखाएको छ कि असल नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण आदर्शवान, स्थिर नैतिक र चारित्रिक हो । नेतृत्वको रुपान्तरण अहिलेको आवश्यकता हो । असल नेतृत्वका गुण अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । विश्वका सफल नेताहरुबाट हाम्रा नेताले पनि सिक्नुपर्छ । तर, देखावटी र बनावटी कुरा, चालढाल, लवाइखवाइ मात्र नक्कल गरेर असल नेता बन्न सकिन्न ।
(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन् ।)
कुराे गजाप छ । नेताका कुरा जनताले सुन्ने धैर्यता गुमाउँदैछन् । जनताले धैर्यता गुमाउँदै गर्दा बुझ्नु पर्याे कि नेता अपडेट हुन सकेनन् भन्न्ने कुराे पनि । अपडेट नहुनेहरु आउट डेटेट हुन्छन् रे !
कुरा राम्रा छन् । तर हाम्रा छन् कि नाइँ भनेर हेरिने चलन बढ्दा चलिरहेकाे छ । पढ्नु पर्नेले याे लेख कतिले पढ्लान् ? कि शीर्षक हेरेर छाड्लान् ? कुराे गहिराे छ । बुझ्नेलाई बाँसुरी काफी छ ।