तीन प्रतिशत शेयर बढेपछि माइक्रोसफ्टले उछिन्यो एपललाई, बन्यो विश्वको सबैभन्दा महंगो कम्पनी – Nepal Press

तीन प्रतिशत शेयर बढेपछि माइक्रोसफ्टले उछिन्यो एपललाई, बन्यो विश्वको सबैभन्दा महंगो कम्पनी

काठमाडौं । तीन प्रतिशत शेयर बढेसँगै अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सबैभन्दा महंगो कम्पनी भएको छ । आरटीका अनुसार गत हप्तामा एपलको ३ प्रतिसत घट्दा माइक्रोसफ्टको तीन प्रतिशत बढेको थियो ।

जसअनुसार एपलको भाउ २.८७ ट्रिलियन डलर पुगेको छ भने माइक्रोसफ्टको भाउ २.८९ ट्रिलियन पुगेको छ । सन् २०२१ देखी माइक्रोसफ्टको भाउ एपल भन्दा थोरै भएको थियो ।

गत बुधबारको कारोबारअनुसार भने माइक्रोसफ्टको भाउ बढेर अहिले पुन लयमा आएर माइक्रोसफ्टको भाउ सबैभन्दा महँगो भएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको पक्षमा लगानी र उपस्थिति बढाएपछि माइक्रोसफ्टको भाउ बढेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर