टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते
काठमाडौं । माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित भएको छ ।
मगर र थारू समुदायले माघीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेकाहरुबीच ठेलमठेल हुँदा चेपिएर केही घाइते भएका छन् ।
भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
उक्त माघी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदैछन् ।
थारु समुदाय नयाँ वर्षका रुपमा माघी पर्वलाई धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
माघी पर्व मनाउन टुँडिखेलमा सर्वसाधारणकाे संख्या निरन्तर बढिरहेकाे छ । जसले काठमाडाैंकाे सडककाे ट्राफिक अस्तव्यस्त बनेकाे छ ।
जाड रक्सी बेचेको ठाउँमा किन जानुपर्ने प्रधानमन्त्री यो सब उनको कारण ले हो जहा लोकल रक्सी छ्याङ बेचर मद खाई रहेका ठाउँमा प्रधानमन्त्री भाषणको लागि के काम थियो र ?