त्रिशूली दुर्घटना अपडेट : बोलेरो चालक सकुशल रहेको प्रारम्भिक जानकारी
नेपाल प्रेस
२०८० माघ २ गते १०:२९
चितवन । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरोमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल रहेको जानकारी आएको छ ।
उनले बिहान ४ः४० बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको बताएको जानकारी दिँदै उक्त सेतो रङको बोलेरोमा अन्य व्यक्ति नभएको प्रारम्भिक अनुसन्धानबाट पाइएको जानकारी दिए ।
यद्यपि उक्त चालकको परिचय भने नखुलिसकेको उनले नेपाल प्रेसलाई जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर