राम मन्दिर ध्वंसदेखि निर्माणसम्मका रोचक कहानी, अयोध्यामा हुँदैछ नेपाल-भारत सम्बन्धको नयाँ बिहानी – Nepal Press

राम मन्दिर ध्वंसदेखि निर्माणसम्मका रोचक कहानी, अयोध्यामा हुँदैछ नेपाल-भारत सम्बन्धको नयाँ बिहानी

सम्बन्धको इतिहास जति पुरानो हुन्छ सम्बन्ध त्यति गाढा हुन्छ । त्रेतायुगदेखिकै हो भारतको अयोध्या र नेपालको जनकपुरधामबीचको सम्बन्ध । त्रेतायुगदेखिको यो सम्बन्धले आज धर्म, संस्कृति र संस्कारसँगै जीवनशैलीकै रूप लिइसकेको छ ।

त्रेतायुगमा आजका सार्वभौम राष्ट्र नेपाल र भारत अहिलेको रूपमा सायद अस्तित्वमा थिएनन् । भारत वर्षभित्र हजारौं साना साना राज्यहरू थिए । त्यसैमध्येको अयोध्या र जनकपुरधाम थिए ।

अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी जानकी (सीता) बीचको विवाहले स्थापित गरेको सम्बन्धको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक आयामहरू छन् । आजको यो आलेख विशेषगरी धार्मिक आयामसँग केन्द्रित छ ।

त्रेतायुगमा भगवान् राम र माता सीताबीचको विवाहबाट सुरू भएको यो सम्बन्धले कयौं युग पार गरिसक्यो । अयोध्यामा भगवान श्रीरामको जन्म भयो । जनकपुरमा माता सीताको । माता सीताको जन्मस्थलमा निर्मित प्राचीन मन्दिर आजपर्यन्त कायम छ । तर, अयोध्यामा रहेको भगवान् रामको मन्दिर मुगल आक्रमणकारीले भत्काएर त्यहाँ मस्जिद बनाए ।

संयोग नै भन्नुपर्छ राममन्दिरको शिलान्यासपूर्व भूमिपूजन गर्न पुगेका प्रधानमन्त्री मोदीलाई भूमीपूजन गराउने पण्डित नेपाली नागरिक दुर्गाप्रसाद गौतम थिए । तीनै गौतम राम मन्दिरको प्राण प्रतिष्ठा पूजामा मूल पुजारीका रूपमा रहनेछन् ।

भगवान् राम र माता सीता एक अर्काका परिपुरक हुन् । एकअर्कोविना यी अधुरा छन् । अयोध्यामा राम मन्दिर बनेसँगै वर्षौदेखिको यो अपूर्णता अब पूर्ण भएको छ । यो पूर्णतासँगै नेपाल-भारतको सम्बन्धको जरा अझ मजबुत भएको छ । सयौं वर्षदेखिको एउटा अपूर्णता अब पूर्ण भएको छ ।

भगवान् रामको जन्मस्थल अयोध्यामा मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरे । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी मस्जिदभित्र मुस्लिमलाई र बाहिर हिन्दूलाई पूजा गर्ने चलन चलाए । जबकी यो पवित्रस्थल भगवान् रामको जन्मभूमि हो र यहाँ युगौंदेखि राम मन्दिर थियो ।

महन्त रघुवर दासले फैजाबादको एक अदालतमा मुद्दा दायर गरेसँगै राम मन्दिर बनाउने संकल्पको सुरूवात् सन् १८८५ मा भएको थियो । तर, यो विषयले आन्दोलनको रूप भने सन् १९४९ मा लियो ।

अयोध्यामा भगवान श्रीरामको जन्म भयो । जनकपुरमा माता सीताको । माता सीताको जन्मस्थलमा निर्मित प्राचीन मन्दिर आजपर्यन्त कायम छ । तर, अयोध्यामा रहेको भगवान् रामको मन्दिर मुगल आक्रमणकारीले भत्काएर त्यहाँ मस्जिद बनाए ।

सन् १९४९ मा मस्जिदभित्र भगवान् रामका मूर्ति देखिएपछि ती मूर्ति हिन्दूहरूले राखिदिएको शंका गरेर मुस्लिमहरूले विरोध जनाए । त्यसपछि यो विवाद बल्झिएर अदालतमा पुग्यो । विषय अदालत पुगेपछि तत्कालीन सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गर्‍यो ।

अप्रिल १९८४ मा विश्व हिन्दू परिषद्‌को ‘धर्म संसद’ राम मन्दिर बनाउने यात्राको महत्वपूर्ण कोसेढुंगा थियो । यही धर्म संसदमा राम मन्दिर बनाउनका लागि निर्णायक आन्दोलन गर्ने तय भयो । यो आन्दोलनको राजनीतिक नेतृत्व भारतीय जनता पार्टी (भाजपा)ले गर्‍यो ।

त्यसबेला साह्रो सानो आकारको भाजपा आज विश्वकै सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा भारतको नेतृत्व गरिरहेको छ र नरेन्द्र मोदीले जनवरी २२ मा ऐतिहासिक राममन्दिरको प्राण प्रतिष्ठा गर्दैछन् ।

यही आन्दोलनको सिलसिलामा सन् १९९० मा भाजपा नेता लालकृष्ण आडवाणीले राम मन्दिरको पक्षमा जनताको समर्थन जुटाउन रथयात्राको नेतृत्व गरे । ३० अक्टोबरमा अयोध्या पुगेको यो र्‍यालीमा लाखौं मानिस सहभागी थिए । ९५ वर्षे बयोबृद्ध नेता आडवाणीका लागि जीवनको सबैभन्दा खुसीको क्षण आउँदैछ ।

राम मन्दिर पुनर्निर्माण विवाद बल्झिदै गयो । अन्ततः १९९२ मा ४ सय वर्षअघि मन्दिर मासेर बनाइएको मस्जिद भत्काईयो । तर, विवाद यहिँ सकिएन् । त्यसपछि लामो समय मन्दिर कि मस्जिद भन्ने विषय अदालतमा चलिरह्यो अन्तत: ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला गर्‍यो । र, राममन्दिर निर्माण गर्न बाटो खुल्यो ।

त्यसपछि ५ अगस्ट २०२० मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरे । भूमिपुजनको समयमा प्रधानमन्त्री मोदीले भगवान् रामसँगै नेपालको पनि स्मरण गरेका थिए । त्यतिखेर उनले भनेका थिए, ‘नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकी मार्फत जोडिएको छ ।’

प्रधानमन्त्री मोदीले माता जानकीलाई सम्झिएको यो पहिलोपटक होइन् । २०७५ मा नेपाल भ्रमणमा रहँदा उनी माता जानकीको जन्मस्थल जनकपुर पुगेका थिए । जनकपुर पुगेर प्रधानमन्त्री मोदीले जनकपुरलाई रामायण सर्किटमा जोडेको घोषणा गरेका थिए ।

सन् १९४९ मा मस्जिदभित्र भगवान् रामका मूर्ति देखिएपछि ती मूर्ति हिन्दूहरूले राखिदिएको शंका गरेर मुस्लिमहरूले विरोध जनाए । त्यसपछि यो विवाद बल्झिएर अदालतमा पुग्यो । विषय अदालत पुगेपछि तत्कालीन सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गर्‍यो ।

‘भगवान् श्रीरामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ’ जनकपुरमा मोदीले भनेका थिए । जानकी मन्दिरबाटै प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर आयोध्या बस सेवा पनि सुरू गरेका थिए ।

भारतको दश वटा राज्यमा भगवान् राम र सीताको चरण परेका स्थलहरूछन् । यी सबै स्थान जोड्न भनेर भारतले रामयण सर्किट बनाईरहेको छ जसको महत्वपूर्ण हिस्सा हो जनकपुरधाम । रामायण सर्किटले नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने निश्चित छ । राम मन्दिरको उद्घाटनसँगै रामायण सर्किटले थप गति पाउनेछ जसको फाईदा नेपाली पर्यटन उद्योगलाई हुने निश्चित छ ।

गत वर्ष नेपालले हवाईमार्गबाट १० लाख पर्यटक भित्र्याउन सफल भएको थियो । त्यसमध्ये ३ लाख भारतीय रहेको तथ्यांक रहेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको संख्या झनै ठूलो छ र उनीहरू धार्मिक पर्यटनकै लागि बढी आउँछन् । रामायण सर्किट सञ्चालनमा आएको खण्डमा नेपालको पर्यटन प्रवर्द्धनका साथै दुई मुलुकको सांस्कृति सम्बन्ध अझै बलियो हुने देखिन्छ ।

अयोध्यामा रामको मूर्ति स्थापनासँगै अब यो सर्किट निर्माणको पहल पनि अघि बढ्ने विश्वास गरिएको छ । १७३ किलोमिटरको यस सर्किटले भारतको उत्तर प्रदेश, मध्य प्रदेश र बिहारका धर्मावलम्बीलाई नेपालसँग सहज रूपमा जोड्नेछ । नेपालका पर्यटकहरूले पनि सहज तरिकाले राम र सीतासँग जोडिएका धार्मिक महत्वका स्थानमा सहज पहुँच पाउनेछन् ।

नेपालमा रामायण सर्किटअन्तर्गत राम र सीताको पहिलो मिलन भएको गिरिजास्थान, विवाह भएको विवाहमण्डप, स्वयंवर भएको बाह्रबिघा (रंगभूमि) मैदान, धनुष भाँच्चिएर खसेको धनुषाधामलगायत रामायणसित जोडिएका स्थलहरूलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरेर रामायण सर्किट यात्रामा निस्किएका भारतीय पर्यटकलाई ल्याउन सकिन्छ ।

भारतीय प्रधानमन्त्री मोदी आफैं पुगेको उनले चर्चा गरेको ठाउँ भएकाले पनि जनकपुरमा भारतीय पर्यटक आउनेछन् । यसले हाम्रो पर्यटन उद्योगसँगै जनस्तरमा रहेको हाम्रो सम्बन्ध थप मजबुत बनाउन मद्दत पुग्नेछ । त्रेता युगदेखि शुरू भएको नेपाल-भारत सम्बन्धमा राम मन्दिर कोशे ढुंगा सावित हुनेछ ।

अयोध्याले नेपाललाई सांस्कृतिकरूपमा मात्रै नभएर आर्थिक रूपमा पनि जोड्दैछ । अयोध्यामा भगवान् रामको मूर्ति स्थापनासँगै त्यहाँ आउने दर्शनार्थी पक्कै बढ्नेछन् । उनीहरूलाई सुविधा दिनका निम्ति त्यहाँ हाल रहेका वासस्थानमात्रै पर्याप्त भने छैनन् । यसलाइ मध्येनजर गर्दै नेपालका व्यापारीहरूले त्यहाँ होटल सञ्चालनका लागि प्रयास गरिरहेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले बताएका छन् ।

अन्ततः १९९२ मा ४ सय वर्षअघि मन्दिर मासेर बनाइएको मस्जिद भत्काइयो । तर, विवाद यहिँ सकिएन् । त्यसपछि लामो समय मन्दिर कि मस्जिद भन्ने विषय अदालतमा चलिरह्यो अन्तत: ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला गर्‍यो । र, राममन्दिर निर्माण गर्न बाटो खुल्यो ।

यो सम्बन्ध जनस्तरसम्मै झांगिने छ । किनभने राम र सीतालाई सामान्यतया हिन्दूहरूले भगवान्‌को रूपमा मान्ने गरे तापनि यी दुई पवित्र स्थलका जनसुमदायले भने यीनलाई परिवारको सदस्यका रूपमा हेर्ने गर्दछन् । जनकपुरधाम क्षेत्रमा सीतालाई चेलीबेटीका रूपमा लिइन्छ र किशोरी जी भनेर सम्बोधन गरिन्छ । त्यसैगरी अयोध्यामात्र नभई सम्पूर्ण अवध क्षेत्रमै मर्यादा पुरुषोत्तम भगवान् श्री रामलाई रामललाई सम्बोधन गरिन्छ ।

आ-आफ्ना आराध्यसँग लौकिक प्रकृतिको आत्मीयताले गर्दा दुवै क्षेत्रका आमजन समुदाय अहिले पनि परस्पर एक-अर्कालाई कुटुम्बको रूपमा व्यवहार गर्ने गर्दछन् । अयोध्यातिर मिथिलाको परिचय बोकेर पुगेका मानिसलाई सालोको साइनो गाँसिन्छ । जनकपुरधाम क्षेत्रमा अयोध्याका मानिसलाई ज्वाइँ भनेर सम्बोधन गरिन्छ । सम्बन्धको यो विराटता राम मन्दिरको अभावमा अपूरो जस्तो भएको थियो । तर, अब यो सम्बन्धले पूर्णता पाएको छ । यो पूर्णतामा भारतवासीसँगै नेपाली पनि उत्तिकै खुसी छन् । ज्वाइँको घर निर्माण भएको र ज्वाइँ घर फिरेको भन्दै जनकपुरका नारीहरू हर्ष मानिरहेका छन् ।

गत वर्ष नेपालले हवाईमार्गबाट १० लाख पर्यटक भित्र्याउन सफल भएको थियो । त्यसमध्ये ३ लाख भारतीय रहेको तथ्यांक रहेको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकको संख्या झनै ठूलो छ र उनीहरू धार्मिक पर्यटनकै लागि बढी आउँछन् । रामायण सर्किट सञ्चालनमा आएको खण्डमा नेपालको पर्यटन प्रवर्द्धनका साथै दुई मुलुकको सांस्कृति सम्बन्ध अझै बलियो हुने देखिन्छ ।

राम र सीताको विवाहको सम्झनामा अहिले पनि हरेक वर्ष विाहपञ्चमीमा अयोध्याबाट जन्ती जनकपुर आउँछन् । जुन अवसरमा त्रेतायुगीन घटनाको पुनरावृत्ति गर्दै अयोध्याबाट जनकपुर आउने जन्तीमा हजारौंको संख्यामा मानिस सहभागी हुने गर्दछन् र जनकपुरमा मिथिला परम्परा अनुसार सातदिने सीता-राम विवाह अनुष्ठान सम्पन्न गरिन्छ ।

संयोग नै भन्नुपर्छ राममन्दिरको शिलान्यासपूर्व भूमिपूजन गर्न पुगेका प्रधानमन्त्री मोदीलाई भूमीपूजन गराउने पण्डित नेपाली नागरिक दुर्गाप्रसाद गौतम थिए । तीनै गौतम राम मन्दिरको प्राण प्रतिष्ठा पूजामा मूल पुजारीका रूपमा रहनेछन् ।

राम मन्दिरको भूमिपूजनमा माता सीताको जन्मभूमि जनकपुरको माटो, जल र चाँदीका ईँटासँगै जनकपुरधामबाट जानकी मन्दिरका महन्त रामतपेश्वर दाससमेत सहभागी भएका थिए । अयोध्यामा राम मन्दिर शिलान्यासको हर्षमा जनकपुरमा दीपावली मनाइयो ।

५ अगस्ट २०२० मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरे । भूमिपुजनको समयमा प्रधानमन्त्री मोदीले भगवान् रामसँगै नेपालको पनि स्मरण गरेका थिए । त्यतिखेर उनले भनेका थिए, ‘नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकी मार्फत जोडिएको छ ।’

सम्बन्धको यो प्रगाढतामा राम मन्दिरले रंग थपेको छ । नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई अझ आत्मीय बनाएको छ । विसं २०७५ मा मोदीले जनकपुरबाट भनेका थिए ‘अयोध्या र जनकपुरको नाता अटुट छ, अविष्मरणीय छ ।’ यो नाता अब झन प्रगाढ बनेको छ ।

राम-सीताको सिको गर्दै सीमा वारि र पारि विवाहको परम्परा अझै कामयै छ । यसलाइ रोटी-बेटीको सम्बन्धका रुपमा पनि व्याख्या गरिँदै आएको छ । अयोध्याले अब नेपाल र भारतको सम्बन्धलाइ सांस्कृतिक र आर्थिकरूपमा थप सबल बनाउने देखिन्छ । अयोध्यामा भगवान् रामको मूर्ति स्थापनासँगै जनकपुर अयोध्याबीचको भगिनी सम्बन्धलाई थप मबजुत बनाउन र यी दूई सहरलाइ विशेषरूपमा जोड्नका निम्ति पहल भइरहेको छ ।

प्रधानमन्त्री मोदीले जनवरी २२ मा अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्नेछन् । सो समारोहमा नेपालबाट पनि ५०० जना अतिथि सहभागी हुने निश्चित भइसकेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको अयोध्या मन्दिरको भूमिपूजनदेखि नै नेपाललाई भारतले विशेष प्राथामिकता दिएको छ ।

भूमिपूजनदेखि प्राणप्रतिष्ठासम्म नेपाली पूजारी राखिनु । कालिगण्डकीको शिला लगिनु । भूमिपूजनमा जानकी मन्दिरबाट माटो, जल र इँटा लगिनु । प्रधानमन्त्री मोदीले बारम्बार माता सीता र नेपालको स्मरण गर्नुले नेपाल भारत सम्बन्धमा अयोध्याको महत्व दर्शाउँछन् । राजनीति सीमाले दूई देश छुट्याएपनि नेपाल भारत सांस्कृति, ऐतिहासिक दृष्टिले समान छन् । अयोध्याले हाम्रो धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाई प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *