चालू आर्थिक वर्षको पुसमा सबैभन्दा बढी घरजग्गा कारोबार – Nepal Press

चालू आर्थिक वर्षको पुसमा सबैभन्दा बढी घरजग्गा कारोबार

काठमाडौं । चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार पुस महिनामा भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको हो ।

पुसमा ४५ हजार २७७ संंख्यामा घरजग्गाको लिखित पास भएको विभागले जनाएको छ । जसबापत सरकारले ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन गरेको छ ।

मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको थियो । जसवापत सरकारले २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन गरेको थियो । यसअघि मंसिरमा चालू आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको थियो । जसलाई पुसको कारोबारले उछिनेको छ ।

मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबार ८ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको घरजग्गा कारोबार

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ३९ हजार २६३ वटा घरजग्गा करोबार भएको थियो । जसवापत सरकारले २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भदौमा ३५ हजार ६८६ वटा घरजग्गा कारोबार हुँदा सरकारले ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार ८११ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, असोजमा घरजग्गा कारोबारबाट चालू आर्थिक वर्षको सबैभन्दा बढी राजस्व संकलन भएको देखिन्छ । यस महिना ४ अर्ब ८ करोड ६६ लाख २९ हजार ४३७ रुपैयाँ राजस्व संकलन भएको थियो । असोजमा ३९ हजार ८८१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

कार्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो । जसवापत २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व सरकारको खातामा जम्मा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *