माल्टा पठाईदिने भन्दै ४३ लाख रुपैयाँ उठाएर फरार युवती पक्राउ – Nepal Press

माल्टा पठाईदिने भन्दै ४३ लाख रुपैयाँ उठाएर फरार युवती पक्राउ

काठमाडौं। माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौको स्वयम्भु बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन्।
रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *