नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकियो – Nepal Press

नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकियो

काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघिको नेपाल र वेस्ट इन्डिजबिचको औपचारिक वार्मअप खेल वर्षाले प्रभावित भएको छ ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

वेस्ट इन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाएर ३३ रन बनाएको अवस्थामा पानी परेको थियो । नेपालका लागि गुल्सन झाले एक विकेट लिएका छन् ।

यसअघि नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिला ब्याटिङ गर्न निम्तो दिएको थियो । उक्त खेल नेपालको अन्तिम औपचारिक वार्मअप खेल हो ।

नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *