टेम्पोमा छुटेको आइफोन चालकले फर्काए – Nepal Press

टेम्पोमा छुटेको आइफोन चालकले फर्काए

धरान । टेम्पोमा छुटेको एप्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धित यात्रुलाई फर्काएका छन् ।

बुधबार धरान १३ स्थित जिरोपोइन्टबाट भानुचोक आउने क्रममा धरान १० निवासी सञ्चिता याक्खाको मोवाइल फिर्ता गरिएको हो । को १ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर सचिव समेत रहेका विकेश श्रेष्ठले करिव २ लाख बराबरको उक्त मोबाइल फिर्ता गरेका हुन् ।

संगठनले धरानको भानु चोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नवीकरणका लागि शिविर स्थलमा मोबाइल धनी याखालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहबरमा हस्तान्तरण गरिएको हो ।

मोबाइल टेम्पोको सिटमा छुटेको रहेछ पछि थाहा भयो र फोन रिसिभ गरेर सम्बन्धित व्यक्तलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरिएको चालक विकेश श्रेष्ठले बताए । मोबाइल ग्रहण गर्दै इमानदार चालक भेटेकामा आफूलाई खुशी लागेको सञ्चिता याक्खाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *