यति ब्रुअरीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त – Nepal Press

यति ब्रुअरीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाडौं । यति ब्रुअरी लिमिटेडले साधारण शेयर निष्काशन गर्नको लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बधबार ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।

सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरीको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

लाजिम्पाट काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नम्बर ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना यति, वाईबी, शिखर लगायत किंगफिस जस्ता ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर