वीरगञ्जमा झगडा छुट्याउन पुगेका शिक्षकको टाउकोमै रड प्रहार
जनकपुरधाम । वीरगञ्ज महानगरपालिका २३ प्रसौनीस्थित वीरगञ्ज कलेजका शिक्षक कृष्ण पासवानमाथि रड प्रहार गरिएको छ ।
शिक्षक पासवानमाथि स्थानय दिनानाथ तत्वाको छोरी गीता कुमारीले रड प्रहार गरेकी हुन् । रड प्रहारबाट पासवानको टाउको फुटेको छ । टाउको रगतले भिजेको अवस्थामा उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।
बाटोको विषयमा दुई पक्षबीच विवाद भइरहेका बेला सम्झाउन पुगेका बेला शिक्षक पासवानमाथि गीताले रड प्रहार गरेको स्थानीयले बताएका छन् ।
उनको टाउकोमा पाँच वटा टाँका लागेको छ । झगडा छुटाउन गएपछि पुरानो रिसिईबिका कारण आफूमाथि रड प्रहार गरिएको उनको भनाइ छ ।
पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमार विक्रम थापाले घटनाको विषयमा अनुसन्धान गरिरहेको र दोषीहरूलाई कानुनी कारबाही दायरामा ल्याउने बताए ।