मधेश यसरी पछाडि परेको छ कि जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव – Nepal Press

मधेश यसरी पछाडि परेको छ कि जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जुनसुकै बेला विस्फोट वा विद्रोह हुने अवस्थामा मधेश पुगेको बताएका छन् ।

जनकपुरधाममा मधेश सरकारलाई आयोजना गरेको ‘मधेश स्वाभिमान दिवस’ समारोहमा बोल्दै जसपा अध्यक्ष यादवले भने, ‘मधेश सबभन्दा पछाडि परेको छ । विभेद र असमानता यहीँ छ । गरिबी पनि यहीँ छ । यस्तो अवस्थामा कुनै व्यवस्था सफल हुन सक्दैन । कुनै बेला पनि विस्फोट र विद्रोह हुने अवस्था छ ।’

उनले मधेशले हजारौं वर्षदेखि देश र विदेशलाई पालेको भन्दै अब संघीय सरकारले मधेशको विकासमा ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले सुशासनमा ध्यान दिनुपर्ने पनि बताए ।

‘यो प्रदेशमा विकास गर्न चुनौती मात्र होइन्, अवसर पनि हो’, अध्यक्ष यादवले भने, ‘नेताहरुलाई आग्रह गर्न चाहन्छु– अवसरलाई उपयोग गर्नुहोस् ।’

उनले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न, कृषिमा आधुनिकीकरण र बन्द उद्योग धन्दाहरु पुनः सञ्चालनमा ध्यान दिन पनि प्रदेश सरकारलाई सुझाए । उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई पनि अगाडी बढाउनुपर्छ । भेदभावरहित समाज निर्माणतर्फ लाग्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर