अपहरण गरेर ज्यान मार्ने धम्की दिने तीनजना पक्राउ – Nepal Press

अपहरण गरेर ज्यान मार्ने धम्की दिने तीनजना पक्राउ

चितवन । चितवनका एक व्यवसायीलाई अपहरणको धम्की दिइ फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको असुरैना ३ घर भइ भरतपुर महानगरपालिका १ मा व्यवसाय गरि बसेका करन गुप्तालाई नचिनेको फोन नम्बरबाट फोन गरि १५ लाख रुपियाँ फिरौती नदिए हत्या गर्छु भनेको अभियोगमा चितवनकै ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने तीन जनामा भरतपुर २१ घर भएका २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका १ बस्ने वर्ष २६ को दिपक बि.क. र भरतपुर महानगरपालिका २६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार विभिन्न स्थानबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर