पुलिसविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्न उत्रिए सशस्त्रका आईजिपी  – Nepal Press

पुलिसविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्न उत्रिए सशस्त्रका आईजिपी 

काठमाडौं। २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ४ गते ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता सञ्चालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले टिमको कप्तानी गरेका थिए।
प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको भयो । महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागि खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । ससस्त्रले यसअघि बुधबार नेपाली सेनासँग पनि मैत्रिपूर्ण खेल खेलेको थियो।
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *