७ अंकले घट्यो सेयरबजार, ८ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार ७ अंकले घटेर बन्द भएको छ ।
बिहिबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा अडिएको हो । यसदिन बजारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार मात्रै १२ अंकले घटेको बजारमा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको थियो ।
आजको कारोबारमा रिदी पावर कम्पनी लिमिटेड, सेन्र्जी पावर डेभलपमेण्ट, महुली लघुवित्त वित्तीय संस्था र गनपती लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् ।
कारोबारका आधारमा हिमालययन रिइन्स्योरेन्स १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शिर्ष स्थानमा रहेको छ ।
बिहिबार बजार पुँजिकरण ३३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।