हुण्डी र क्रिप्टो करेन्सीमा संलग्न आशंकामा निगरानीमा थिए अग्रवाल, राति कारोबार गर्दागर्दै अरु २ जनासहित समातिए
काठमाडौं । गएराति पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल हुण्डी र क्रिप्टो करेन्सी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।
विभागको टोलीले क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ हजार डलर र २ करोड १५ लाख बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले नेपाल प्रेसलाई बताए ।
अवैध धन्दामा लागेको आशंकामा उनलाई पहिलेदेखि नै विभागको टोलीले निगरानीमा राखेको थियो । गएराति कारोबार गरिरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको विभाग स्रोतले बतायो ।
राजस्वको हिरासतमा रहेका उनीसँग अन्यको संलग्नता साथै थप विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
*यसअघि नरेश अग्रवालको फोटोमा भूलबस असम्बन्धित व्यक्तिको फोटो परेकोले क्षमायाचनासहित हटाइएको छ ।-सम्पादक
भारत पठाउनुपर्छ कहिल्यै नेपाल आउन नपाउने गरि ।