नेपाल मेडिकल कलेजमा ९ दिनदेखि विद्यार्थीको आन्दोलन (भिडिओ) – Nepal Press

नेपाल मेडिकल कलेजमा ९ दिनदेखि विद्यार्थीको आन्दोलन (भिडिओ)

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरूले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन् ।

कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले एक वर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहीन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन् । उनीहरूले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने माग राखेका छन् ।

प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शिता नभएको उनीहरूको भनाइ छ । एक वर्षमा खानाका लागि डेढ लाख रूपैयाँ तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरूको भनाइ छ ।

कलेजले मेस सुधार गरेको भनेपनि विविध विषयमा दुई सय विद्यार्थीको माग सम्बोधन हुन नसकेकाले धर्ना बस्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर