यातायात व्यवस्था विभाग भित्रियाे ६ लाख नयाँ स्मार्ट लाइसेन्स – Nepal Press

यातायात व्यवस्था विभाग भित्रियाे ६ लाख नयाँ स्मार्ट लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्दा प्रयोग हुने ६ लाख स्मार्ट कार्ड ल्याएको छ । उक्त कार्ड केही दिन अघि नै भन्सारमा आएको थियो भने भन्सारको प्रक्रिया सकेर शुक्रबार विभागमा कार्ड ल्याइएको हो । जर्मनको मूलवर्ग कम्पनीसँग कार्ड ल्याउने सम्झौता भएको थियो ।

१२ लाख कार्ड आयात गर्ने सम्झौता भएकोमा आज पहिलो चरणको ६ लाख कार्ड विभागमा आइपुगेको हो । बाँकी छ लाख कार्ड ४५ दिनभित्र नेपाल आइपुग्ने विभागले जनाएको छ । जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो ।

विभागले भन्सार तिरेर आज ल्याएको कार्ड सम्झौताअनुसार छ की छैन भनेर ल्याब टेस्टका लागि पठाइने विभागका महानिर्देश उद्धवप्रसाद रिजालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर