स्कुल बसले ठक्कर दिँदा नर्सरीमा पढ्ने ३ वर्षीय बालकको मृत्यु
पोखरा । पोखरामा स्कुल बसले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नं. को बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
ठक्करबाट घाइते भएका समिरको उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने बस र बस चालक नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।