बाख्रापालक किसानको पीडा ‘रोडमा आउने भयौँ’
हेटौँडा । परदेशमा २० वर्ष विताएर कमाएको पैसा मकवानपुर राक्सिराङ गाउँपालिकाका किसान हरिकुमार थापाले आफ्नै जन्मथलोमा बाख्रा फर्म खोले । २० वर्षसम्म विदेशमा कमाएको पुँजीबाट उनले आफ्नै गाउँमा परिवारको साथ लिएर सुरु गरेको बाख्रा फर्मले उनले सोचेजस्तो आम्दानी दिन सकेन् ।
राज्यले बास्तविक किसानलाई दिने सेवा सुविधाबाट बञ्चित थापा अहिले निराश छन् । आफ्नै देशमा केही गर्न २० वर्ष बाहिरबाट कमाएको लगानी डुब्ने खतरा छ । ‘फेरि बिदेश जाउ भने मलाई हेरेर व्यवसाय सुरु गरेकाहरुले के भन्लान भन्ने पिर, यही बसाैं भने गरेर खाने अवस्था देखिएन,’ उनले भने ।
उनको जस्तै पीडा १० वर्ष विदेश बसेर आएर फार्म सञ्चालन गर्ने भीमफेदी २ का किसान प्रताप पाख्रिनको पनि छ । मलेसिया र दुवईमा १० वर्षसम्म काम गरेर कमाएको पैसा उनले आफ्नै गाउँमा बाख्रा पालनमा लगानी गरे तर उनको अवस्था पनि थापाको जस्तै छ । फर्म सुरु गर्दाको उत्साह मरेको छ । अहिले उीिहरु दुबै पुनः विदेश जानुपर्ने त हैन भनेर सोच्न वाध्य बनेका छन् ।
विदेशमा गएर पसिना चुहाउनु भन्दा स्वदेशमानै पसिना चुहाउछु भनेर अर्का किसान हेटौँडा १७ का किसान कृष्णप्रसाद नेपालले बाख्रा फार्म खोले । १०० भन्दा धेरै बाख्रा रहेको फर्मका सञ्चालक नेपाल पनि राज्यको वेवास्ताको कारण पशुपालनमा मन मर्न लागेको बताउँछन् ।
राज्यले मासुमा आत्मनिर्भर बन्ने नारा लगाउँछ तर वास्तविक व्यवसायी किसानहरु भने दिनदिनै रोडमा आउने समस्या बढ्दै गएको उनको बुझाई छ ।
भीमफेदी गाउँपालिका वडा नंबर १ मा व्यवसायिक बाख्रापालन गर्दै आईरहेका आईतसिंह थिङले राज्यले अनुदानको उचित वितरण नगर्दा आफूहरु मारमा परेको बताए । देशमा नै केही गरौँ भन्ने उदेश्यले आफुहरुले लाखौँ लगानी गरेर बाख्रापालन सुरु गरेको व्यवसाय धरापमा पर्दा समेत समस्याको सुनुवाई नहुँदा मन भारी भएर आउने उनको भनाई रहेको छ ।
मकवानपुरमा २० वटा भन्दा धेरै बाख्रा पालन गर्ने किसानहरुको संख्या १ सय ७३ जना रहेका छन् । यो नेपाल ब्यवसायिक वाख्रा पालन महासंघमा आवद्ध किसानहरुको संख्या हो । महासंघमा आवद्ध नभएर बाख्रा पालन ब्यवसायमा सक्रिय थप केहि किसानहरु पनि रहेको संघको तथ्याङ्कमा उल्लेख छ ।
तर कोरोना माहामारी पछि १ सय ७३ मध्य २६ जना किसानहरु पेशा छाडेर बिदेशिएको नेपाल ब्यवसायिक बाख्रापालन महासंघ मकवानपुरका अध्यक्ष ब्रदीप्रसाद अधिकारीले बताए । राज्यले वास्तविक किसानलाई चिनेर अनुदानको ब्यवस्थापन गर्न नसक्नु किसानहरु पलायनको प्रमुख कारण रहेको उनको भनाई रहेको छ ।
किसानले एउटा खसि पालेर मासुयोग्य अवस्थामा पुराउनको लागि वर्ष दिन लाग्ने, त्यतिबेलासम्म जिउँदो खसिको मुल्यनै प्रतिकिलो एक हजार रुपैँया पुग्ने गर्दछ, तर अहिले बजारमा तयार खसिको मासुको मुल्य बढिमा एक हजार मात्र छ, त्यसो हुँदा किसानले ५ सय देखि ५ सय प्रतिकिलो सम्म जिउँदो खसि बेच्नु परेको छ, यसरी यो ब्यवसायमा कसरी टिक्न सकिन्छ र ? नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघका केन्द्रीय अध्यक्ष गोविन्द सुबेदीले बताए ।
आफहरुले मासुमा आत्मनिर्भर बन्नकोा लागि किसान मैत्री नियम कानुन निर्माण गरेर स्वदेशमानै किसानलाई बाच्न सक्ने, परिवार पाल्न सक्ने वातावरण बनाउन सरकारलाई पटक–पटक अनुरोध गरेको बताउँदै सरकारी तबरबाट किसानको मागहरुको सुनुवाई नभएको सुबेदीको भनाई रहेको छ ।
अहिले पनि नेपालमा खुलेआम भारतीय खसिबोका आउँदा नेपाली खसिबोकाको बजार विग्रिएको उनको भनाई छ । भारतमा बाख्रा पालक किसानलाई राज्यले ब्रिड देखि उपचार, उनिहरुले खाने दानामा समेत अनुदान दिने गरेको छ , अझ किसानहरुलाई सहुलियतमा बाख्रापालनको लागि ऋण दिने गरेको छ, यहो हुँदा भारतीय खसिबोकाको मुल्य नेपालको भन्दा कम हुन आउँछ र नेपाली किसानहरु मारमा पर्ने गरेको उनको भनाई रहेको छ ।
अपुदानको पैसा त बाख्रा नै नपालेका काँग्रेस र माओवादीमा भरौटेहरूले खाईरहेका छन् । यी दलाल सरकारमा भएसम्म देशमा केही हुँदैन ।