कुमारी बैंकको खुद नाफामा गिरावट
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म कुमारी बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउन देखि पुस) सम्म कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रुपैयाँ खुद नाफा कमाएको थियो । जुन १४.३१ प्रतिशतले घटेको हो ।
कुमारी बैंकले दोस्रो त्रैमासम्म ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार ५६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २४ करोड ६ लाख ४४ हजार ३४४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन ३५ प्रतिशतले बढी हो ।
कुमारी बैंकको सञ्चालन आम्दानी ५ प्रतिशतलले घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार ९१९ रूपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म १ अर्ब ५७ करोड ३३ लाख ९२ हजार ६१५ रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।