भारतको आयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा सुनसरीको रामधुनीमा सार्वजनिक बिदा – Nepal Press

भारतको आयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा सुनसरीको रामधुनीमा सार्वजनिक बिदा

विराटनगर । भारतको अयोध्यामा राम मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने अवसरमा सुनसरीको रामधुनी नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय निर्णय गरिएको छ ।

रामको नव निर्मित राम मन्दिरमा नयाँ मूर्तिको प्राण प्रतिष्ठा भएकोले माघ ८ गते सोमबार पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा बिदा दिने निर्णय गरिएको छ । रामधुनी नगरपालिकाले सूचना प्रकाशित गर्दै अत्यावश्यक सेवा भने सुचारु हुने जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *