राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन
नेपाल प्रेस
२०८० माघ ८ गते ९:५८
काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् ।
उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । आफूसँग विजयको स्पष्ट बाटो नरहेको उहाँले बताए ।
डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताए । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।
उहाँले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताए ।
प्रतिक्रिया