नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी सुरु
काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा काठमाडौंको पर्यटन बोर्डमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ ।
चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको भन्दै फोटा प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन् ।