‘बच्चालाई के पढाउने, कसरी पढाउने ?’
शिक्षाकर्मी नवीन तिवारी भन्छन्- हरेक विद्यार्थीको आआफ्नै फरक खालको प्रतिभा हुन्छ । हाम्रो शिक्षण विधिले त्यो पहिल्याउन सकेन
काठमाडौं । नवीन तिवारी साथीभाइमाझ एउटा परिचयले निकै परिचित छन्- उनी अत्यधिक पढ्छन् । प्रायः कतै चिया पसल, कफी सपतिर पनि पढिरहेका नै भेटिन्छन् । उनको हातमा एउटा न एउटा पुस्तक हुन्छ । आफूलाई मन परेका लाइनहरुमा पहेंलो हाइलाइट्स पनि लगाइरहेका हुन्छन् ।
विश्व राजनीति र दर्शनका पुस्तकहरु पढ्न रुचाउने तिवारी कलेज पढाउँछन्, आफू पनि पढ्छन् । पढ्दै अनि पढाउँदै आएका तिवारीले प्रसिद्ध लेखक तथा दार्शनिक नोम चोम्स्कीसँगै थुप्रो विदेशी लेखकको अन्तर्वार्ता पनि लिएका छन् ।
उनै तिवारीसँग नेपालको पठन संस्कृति, पढाउने तरिका, व्यवहारिक शिक्षामा राज्य, समाज, परिवार र विद्यालयको लगानीलगायत विषयमा नेपालप्रेसले कुराकानी गरेको छ । प्रस्तुत छ नवीन तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंश:
कतिपयले पढ्नुलाई साधना पनि भन्छन् । यद्यपि, पढ्नु भनेको सबैभन्दा पहिले समाजलाई बुझ्नु होला । समाजलाई रुपान्तरण गर्न पढ्नुपर्छ होला । हामीलाई समाज र समाजमा अन्तरतत्व, अन्तरद्वन्द्व बुझ्यौं भने सायद समाज रुपान्तरण गर्न पनि सजिलो होला ।
त्यसका लागि हो हामीले पढ्नुपर्ने ।
तर, एकदुई वटा व्यक्तिले पढेरमात्रै पुग्दैन । समाजको चेतनास्तर माथि उकास्न सबैले पढ्नुपर्छ । यदि चेतनास्तर माथि उठेन भने समाज परिवर्तन भन्नु फगत सपनामात्रै बन्छ भन्ने मलाई लाग्छ ।
हाम्रोमा पठन संस्कृति नभएको होइन, तर हामी के पढाउँछौं ?
हामी सिर्फ स्कुलको पाठ्यपुस्तक, पाठ्यक्रममात्रै पढाउँछौं । योभन्दा बाहिर गएर पढ्न सकेका छैनौं । समाज पढ्ने भनेको किताब पढ्नेमात्रै होइन । समाजको चिन्तन प्रक्रिया, चेतना, संस्कृति, भाषा, साहित्य पढ्ने होला । यसरी सोचेर पठन संस्कृतिमा सानोभन्दा सानो काममात्रै हामीले गर्न सक्यौं भने दीर्घकालमा समाज परिवर्तन हुन्छ ।
तर, पठन र अध्ययनको कुरामा हाम्रो राज्य धेरै ठाउँ चुकेको छ । राज्यले १० कक्षासम्म निःशुल्क त गरेको छ । विश्वविद्यालय छ । संसारका अन्य विश्वविद्यालयको तुलनामा हाम्रो विश्वविद्यालय सस्तो पनि छ । तर, विश्वविद्यालयहरुमा हाम्रो विश्वविद्यालय धेरै तल छ ।
संसारमा शीर्ष १० विश्वविद्यालयमध्ये अमेरिका र बेलायतका मात्रै ४-४ वटा छन् । बाँकी पनि युरोपकै विश्वविद्यालय छन् । यो भनेको ज्ञानको क्षेत्रमा अमेरिका र युरोपले कसरी शोषण गरिरहेका छन् भन्ने दरिलो उदाहरण हो ।
हाम्रो पढाउने तरिकाहरु सुधार्नु आवश्यक छ । बच्चाहरुलाई पढ्नै सकस हुन्छ । बच्चाबच्ची स्कुल नै जान नपरे जस्तो गर्छन् । स्कुलको गेटमा बाआमासँग झगडा गरिरहेका हुन्छन् ।
हाम्रो विश्वविद्यालयको इतिहास ६०-७० वर्षको छ । विद्यालय तह निःशुल्क त छ । तर, अहिले पनि विद्यार्थीहरु त्यही शिक्षा पाउन घण्टौं हिँड्नुपर्ने बाध्यतामा छन् ।
विगतमा हेरेर केही परिवर्तन त आएको छ । तर, हामी जुन गतिमा हिँडिरहेका छौं, त्यहाँ समस्या छ । विश्व चितुवाको गतिमा दौडिरहेको छ, हामी चाहिँ कछुवाको गतिमा हिँडिरहेका छौं । हिँड्न त हिँडेको हो । तर, यो तरिकाको गतिमा हिँड्दा हामी अझै धेरै पछाडि पर्न सक्छौं ।
अर्कातिर हाम्रो शिक्षण विधिमा एकदमै गम्भीर समस्या छ । शिक्षकले कुनै पनि विषयमा अब्बल ज्ञान राख्नुपर्छ भन्ने मलाई लाग्दैन । सामान्य ज्ञान भएको शिक्षकले राम्रोसँग पढाउन जान्दछ भने धेरै राम्रो हुन्छ । तर, उसको शिक्षण विधि कस्तो हो ? यो प्रमुख कुरा हो ।
हामीलाई यहाँ मास्टरले घोकाउँछन् । यो विधिले काम नै गर्दैन ।
हाम्रो शिक्षण विधि अन्तरक्रियात्मक र ऊर्जाशील हुनुपर्छ । र, मात्रै विद्यार्थीहरुमा ज्ञानको असर देखिन सक्छ । उदाहरणका लागि बच्चाबच्चीलाई घोक्न लगाउनुको सट्टामा पढाइलाई उसको दिनचर्यासँग जोडिदिनुस् । फिल्म, सिरियल, आईटीलगायतसँग जोडेर तिनका उदाहरणबाट पढाउँदा बुझाउन चाहेको कुरा बुझाउन सजिलो हुनसक्छ ।
अस्ति भर्खरै मैले यानिस भारुफाकिज (जो ग्रिसको अर्थमन्त्री पनि भए) का ‘टेक्नो फ्युडलिजम’ पढ्दै थिएँ । उक्त किताबमा पैसाको शक्ति कस्तो हुन्छ भनेर देखाउन उसले सन् २०१७ को ‘जस्टिस लिग’ नाम सिनेमाको उदाहरण दिएका छन् ।
जापानमा बच्चाबच्चीका लागि एउटा कक्षा ५० मिनेटको हुँदो रहेछ । ५० मिनेटमा पाँच दश मिनेटको ब्रेक राखिँदो रहेछ । अनि त्यहाँ शिक्षकले कमजोर विद्यार्थीलाई ह्यारेसमेन्ट गर्ने, जिस्काउने काम गर्दैन । कमजोर विद्यार्थीलाई बलियो विद्यार्थीसँग राखेर उसलाई सहयोग गरिदेऊ भनेर अनुरोध गर्छ ।
पुस्तकमा ब्याटम्यानलाई अरु सुपरहिरोहरुले सोध्छन्, ‘तँसँग के छ ?’
उसले भन्छ, ‘मसँग पैसा छ । पैसासँग पावर हुन्छ ।’
पैसा र पूँजीवाद जस्तो जटिल कुरालाई भारुफाकिजले अहिलेको पपुलर कल्चरको उदाहरण दिएका छन् । यसले विद्यार्थीलाई सजिलै कनेक्ट गरिदिन सक्छ । फ्रेन्च अर्थशास्त्री थोमस पिकेटीले पनि आफ्ना किताबहरुमा सिनेमा, साहित्यको उदाहरण ल्याएर समाज यस्तो थियो भनेर बताउँछन् ।
हामीले पनि बच्चाहरुलाई पढाउने भनेको उनीहरुको दिनचर्यासँगै होला । हामीले यस्तै मिथ, समकालीन घटनाक्रम, सिनेमा, साहित्यसँग जोडेर पढाउने होला । यसले उनीहरुलाई चाँडो बुझ्न सहज हुन्छ ।
जस्तो पाँच वटा अंगुर छ, दुई वटा अर्कोलाई दिँदा कति बाँकी रह्यो भन्ने खालका उदाहरणले गणितमा आकर्षण ल्याउनसक्छ । किशोरकिशोरीलाई माग र पूर्तिको उदाहरण दिँदा भ्यालेन्टाइन डेमा हुने गुलाफको बजारको उदाहरण दिँदा उनीहरुको उमेरसँगै जेडिन्छ ।
हाम्रो पढाउने तरिकाहरु सुधार्नु आवश्यक छ । बच्चाहरुलाई पढ्नै सकस हुन्छ । बच्चाबच्ची स्कुल नै जान नपरे जस्तो गर्छन् । स्कुलको गेटमा बाआमासँग झगडा गरिरहेका हुन्छन् ।
बट्रान्ड रसेलले ‘अनएजुकेसन’ नामक किताबमा एन्टोन चेखबको कथा जोडेका छन् ।
किताबमा बिरालोको मालिकले बिरालोको बच्चाको अगाडि आँखा पड्किनु अगावै मुसा राखिदिन्छ । मुसा नमारेकाले उसले बिरालोलाई पिट्छ । दिनदिनै यही क्रम चलिरहन्छ । बिरालो हुर्कंदै जान्छ । हुर्कंदै जाँदा बिरालो वयस्क बन्छ । तर, कस्तो बिरालो बन्छ भने उसको अगाडि मुसा पर्यो भने भाग्ने खालको बिरालो बन्छ ।
बिरालोले मुसा त मार्छ । तर, प्राकृतिक रुपमा मार्छ । त्यसका लागि समय आउनुपर्छ ।
हरेक विद्यार्थीको आआफ्नै फरक खालको प्रतिभा हुन्छ । हाम्रो शिक्षण विधिले त्यो पहिल्याउन सकेन । ४० जनाको कक्षामा कोही राम्रो गीत गाउने होला । अब उसले गणितमा किन ९० ल्याउनू ? कोही नृत्य, कोही साहित्यमा राम्रो होला । अनि उसलाई अनेक सिद्धान्त किन घोकाइरहनू ?
हाम्रो स्कुलले पनि विद्यार्थीहरुलाई पढाउने कुरामा यो पाटो भुलिरहेको छ ।
अभिभावकले मन्टेश्वरीमा लगेर बच्चालाई हाल्छ । बावुआमाको एकै अपेक्षा हुन्छ, त्यो बच्चाले महिना दिनमा क, ख, ग, ए, बी, सी, १, २, ३ जानोस् ।
मलाई के लाग्छ भने आमाको दूध खाइरहेको बच्चा बावुआमासँग छुटेर ऊ जस्तै ससाना भुराभुरीसँग बस्नु नै ठूलो कुरा हो । उसले पानी पिउन मन लाग्यो भनेर धारासम्म जानु नै ठूलो कुरा हो । त्यही नै सिकाइको प्रक्रिया हो ।
तर, महिना दिनमा दूधे शिशुले वर्णमाला छिचोल्नुपर्दा उसको कलिलो मस्तिष्कमा कति आघात पर्छ, हामी ख्याल नै गर्दैनौं ।
जापानमा बच्चाबच्चीका लागि एउटा कक्षा ५० मिनेटको हुँदो रहेछ । ५० मिनेटमा पाँच दश मिनेटको ब्रेक राखिँदो रहेछ । अनि त्यहाँ शिक्षकले कमजोर विद्यार्थीलाई ह्यारेसमेन्ट गर्ने, जिस्काउने काम गर्दैन । कमजोर विद्यार्थीलाई बलियो विद्यार्थीसँग राखेर उसलाई सहयोग गरिदेऊ भनेर अनुरोध गर्छ ।
यहाँ त म सानोमा पढ्दा १० बजे घण्टी लाग्थ्यो । २० मिनेट जति प्रार्थना हुन्थ्यो । अनि १ बजेसम्म लगातार कक्षा हुन्थ्यो । कक्षाको समयमा बाहिर जान पनि पाइँदैनथ्यो । पिसाब फेर्न त जानुपर्यो ! तर, पिसाब फेर्न जाँदा अर्को शिक्षकले बाहिर देखे भाटा हान्थ्यो ।
यस्तो खाले शिक्षण पद्धति छ हामीसँग । तर्साएर, थर्काएर विद्यार्थीले कहिल्यै सिक्दैन ।
फिनल्याण्ड, स्वीडेन जस्ता मुलुकको शिक्षण पद्धतिलाई सबैभन्दा अब्बल मानिन्छ । त्यहाँ प्रोफेसरभन्दा प्राथमिक शिक्षकलाई बढी सम्मान गरिन्छ भनिन्छ । एउटा बच्चालाई भविष्यमा कसरी सुरक्षित बनाउने भन्ने कुरा यो कुराले निर्धारण गर्छ ।
अहिले म आफैं पढाउँछु ।
तर, मेरो बच्चाबच्ची मलाई देख्दैमा तर्सिन्छन् भने उनीहरुले मबाट के सिक्छन् ? म कलेज जान्छु, विद्यार्थीहरु हेल्लो भनेर हात मिलाउन आइपुग्छन् । मलाई रमाइलो लाग्छ । म उनीहरुलई भन्छु्, ‘मसँग नडराऊ । नआएको हजार पटक सोध । तर अर्कोले जान्यो, मैले जानिनँ भन्ने सोच दिमागमा बोकेर नहिँड्नू ।’
म उनीहरुसँग रमाइलो वातावरण सृजना गर्छु । उदाहरणहरु ल्याएर बुझाउने कोसिस गर्छु ।
हाम्रो शिक्षण पद्धति ध्वस्त भएको त पढ्नैपर्छ भन्ने दबाब विद्यार्थीको दिमागमा थोपरेर हो, राम्रो अंक ल्याउनैपर्छ भनेर दबाब दिएर हो ।
अर्को समस्या पाठ्यक्रम हो ।
प्रिन्स ईको एक गीत छ-
आई स्युड त स्कुल सिस्टम, करिकुलम्स आर डिजाइन बाई दोज पिपल, हु ह्याभ नेभर टट अ सिंगल डे अफ लाइफ !
यसको अर्थ हो, पाठ्यक्रम ब्युरोक्रेटस्ले बनायो । शिक्षणसँग अभ्यस्त भएको मान्छेले पाठ्यक्रम बनाउँदा पनि राम्रो बनाउन सक्छ । त्यही पाठ्यक्रम पढेर परीक्षामा फेल हुँदा यहाँ सबथोक सकिएको ठानिन्छ । वास्तवमा यो होइन ।
हरेक विद्यार्थीको आआफ्नै फरक खालको प्रतिभा हुन्छ । हाम्रो शिक्षण विधिले त्यो पहिल्याउन सकेन । ४० जनाको कक्षामा कोही राम्रो गीत गाउने होला । अब उसले गणितमा किन ९० ल्याउनू ? कोही नृत्य, कोही साहित्यमा राम्रो होला । अनि उसलाई अनेक सिद्धान्त किन घोकाइरहनू ?
अहिले किताब पढ्न अल्छी लागेमा यूट्युबतिर किताबको नाम टाइपमात्रै गर्ने हो भने कसै न कसैले वाचन गरेर हालिदिएको हुन्छ । रसिया, युक्रेनको विषयलाई लिएर कन्टेन्ट त कति भेटिन्छ नि ! त्यो कुरा नयाँ पुस्तालाई थाहा पाउन कति सजिलो हुन्छ । हामीले यो कुरामा गाइड गर्न सकेका छैनौं ।
बच्चाहरु धेरै अंक ल्याउनुपर्ने दबाबमा आफ्नो प्रतिभालाई गुमराहमा पारिरहेका हुन्छन् । यो समस्याको जड हाम्रो शिक्षण विधि, शिक्षक र राज्यमात्रै होइन । हामी सबै दोषी छौं । हाम्रो समाजको चेतना नै यस्तै भइदियो । राम्रो अंक ल्याउनु गलत होइन, राम्रो नै हो । तर, राम्रो अंक नल्याउने विद्यार्थीलाई अरुसँग किन तुलना गर्नू ? ऊ जुन कुरामा राम्रो छ, त्यहाँ नै उसको व्यक्तित्व विकासका लागि सहयोगी कुरा के हुनसक्छ भनेर खोज्ने हो हामीले ।
मलाई लाग्छ, हामीले एउटा मेकानिजम बनाउनुपर्छ । जसले प्रतिभालाई पहिल्याउन सकोस् । यसका लागि हामीले शिक्षकहरुलाई कुन तरिकाले तालिम दिने भन्ने हो ।
फिनल्याण्ड, स्वीडेन जस्ता मुलुकको शिक्षण पद्धतिलाई सबैभन्दा अब्बल मानिन्छ । त्यहाँ प्रोफेसरभन्दा प्राथमिक शिक्षकलाई बढी सम्मान गरिन्छ भनिन्छ । एउटा बच्चालाई भविष्यमा कसरी सुरक्षित बनाउने भन्ने कुरा यो कुराले निर्धारण गर्छ ।
अहिले पनि चार वटा विकल्प दिएर एउटा सही विकल्पमा टिक लगाउन दिने चलन छ । यसको आविष्कारक फेडरिक जे केलीले नै यसलाई कच्चा टेस्ट हो, हटाउनुपर्छ भनेर भनिसकेको छ । तर, हाम्रोमा अझै पनि यस्तो खालको जाँच हुन्छ । यसले के देखाउँछ भने हाम्रो शिक्षण विधिलाई अपडेट गर्नुपर्छ ।
स्वीडेनतिर बच्चाहरुले कार्टुन हेरेर पढ्न सिक्दो रहेछ । मल्टिमिडियाको यो जमानामा यो एउटा विधि हुनसक्छ । यो विधि पनि शहरी क्षेत्रमा अलि इफेक्टिभ होला । तर, दूरदराजको ठाउँहरुम अहिले पनि रट्टा मार्ने मात्रै छ । कुनै बच्चालाई अंग्रेजी सिकाउने हो भने अहिलेको पपुलर कल्चरसँग अभ्यस्त गराइयो भने उसले तीव्र गतिमा सिक्छ । जस्तो, हिन्दी भाषा हामीलाई आउँछ । तर, हामीले हिन्दी कोर्स पढेर जानेको होइन नि ! पपुलर कल्चरसँग अभ्यस्त भइयो, अनि सिकियो ।
अहिले नयाँ पुस्ताहरु किताबहरुसँग विच्छेद भइरहेका छन् भनेर भनिन्छ । आंशिक रुपमा यो सत्य पनि हो । यसको कारण अहिलेको सोसल मिडियालाई मान्ने गरिन्छ । मलाई चाहिँ यो गलत बुझाइ हो कि लाग्छ ।
संसारमा जति प्रविधिहरु आए, तिनको फाइदा र बेफाइदा दुवै छ । यूट्युबमै पनि खराब कन्टेन्टमात्रै छैन । राम्रा कन्टेन्ट धेरै नै भेटिन्छ । जुन कुराले बच्चाबच्चीलाई धेरै सिकाउँछ ।
हामीले बच्चाबच्चीलाई ‘यूट्युबमा यस्तो छ, यसलाई यसरी जोडेर हेर, बुझ’ भनेर सिकायौं भने उनीहरुले हेर्दाहेर्दै, खेल्दाखेल्दै सिक्छन् । संसारमा बच्चाबच्चीलाई एबीसीडी सिकाउन न कार्टुनहरु धेरै बनाइएका छन् ।
अहिले किताब पढ्न अल्छी लागेमा यूट्युबतिर किताबको नाम टाइपमात्रै गर्ने हो भने कसै न कसैले वाचन गरेर हालिदिएको हुन्छ । रसिया, युक्रेनको विषयलाई लिएर कन्टेन्ट त कति भेटिन्छ नि ! त्यो कुरा नयाँ पुस्तालाई थाहा पाउन कति सजिलो हुन्छ । हामीले यो कुरामा गाइड गर्न सकेका छैनौं । केटाकेटीले फिल्म हेरिरहेका हुन्छन् । फिल्म हेर्दा कस्तो पाटो हेर्ने, कसरी हेर्ने भनेर सिकाउन सकिएला नि !
पठन संस्कृतिको विकास गर्न राज्यले पनि लगानी गर्नुपर्छ । कतिपय विश्व साहित्यको नेपाली अनुवाद छैन । कति धेरैको अंग्रेजीमा राम्रो पकड छैन । यसमा राज्य नै अनुवादमा लाग्नुपर्छ । अर्को, अभिभावकले जे गर्छन्, बच्चाबच्चीले त्यही गर्छन् ।
मैले मास्टर्सको थेसिस ‘र्यामपेज क्यापिटल पनिसमेन्ट’मा गरेको थिएँ ।
यस फिल्ममा एउटा आतंककारीले टेलिभिजन हाइज्याक गरेपछि सानो स्पिच दिन्छ । त्यो स्पिचले मलाई खुब तानेको थियो । अनि मैले थेसिस लेखें । एउटा फिल्ममा थेसिस हुन्छ भने सायद हामीले त्यो एंगलबाट हेर भनेर बच्चाबच्चीलाई सिकाउँदा उसले राम्रोसँग बुझ्न सक्छ ।
कुनै आइडिया लिनलाई थिंकर, दार्शनिक, इतिहासकार, इतिहासका पात्रहरुको नाम जोड्नैपर्छ भन्ने छैन । कुनै टिपिकल पात्रलाई हेर्दा पनि हुन्छ । ट्रोजन वारको लागि ब्राड पिटको ‘ट्रोय’ भन्ने फिल्म हेर्दा एक तहको ज्ञान पाइन्छ । इतिहासमा आधारित कति धेरै फिल्महरु छन् । यो पपुलर कल्चरलाई पठन संस्कृतिको एउटा माध्यम बनाउन सकियो भने मलाई लाग्छ, एउटा युवामा पढ्नुपर्छ भन्ने सञ्चार हुन्छ ।
पढ्ने संस्कृति कम हुँदै जानुमा हामी टेक्स्टहरु जसरी निकाल्छौं, त्यहाँ पनि समस्या हो । विकसित देशहरुमा बच्चाबच्चीहरुले बुझ्ने भाषामा क्लासिक साहित्यलाई निकालिदिएका हुन्छन् । हाम्रोमा त्यो हुँदैन । बाल साहित्य नै खोज्ने हो भने कति नै लामो इतिहास छ र ?
पठन संस्कृतिको विकास गर्न राज्यले पनि लगानी गर्नुपर्छ । कतिपय विश्व साहित्यको नेपाली अनुवाद छैन । कति धेरैको अंग्रेजीमा राम्रो पकड छैन । यसमा राज्य नै अनुवादमा लाग्नुपर्छ । अर्को, अभिभावकले जे गर्छन्, बच्चाबच्चीले त्यही गर्छन् ।
अभिभावकले फुर्सदको समयमा किताब लिएर बस्यो भने बच्चाबच्चीले पनि त्यही अनुसरण गर्छन् । हामीले यो संस्कार पनि विकास गर्न जरुरी छ ।
अहिलेको पुस्ता किताबसँग मात्रै होइन, समाजबाटै एक्लिएर गएका छन् । समाजबाट टाढिएर जान खोजिरहेका छन् । यसको भागीदार स्कुल वा परिवारमात्रै होइन, हामी सबै हो । हामी पनि चुकेका छौं । उनीहरु नराम्रो भए सबैको नराम्रो हुन्छ । समाजमा कुनै बच्चा बिग्रियो भने उसले परिवारलाई मात्रै क्षति पुर्याउँदैन । समाजको सदस्य भएपछि समग्र समाजले घाटा व्यहोर्छ । त्यसैले एउटा बच्चालाई राम्रो बनाउनु हामी सबैको दायित्व हो । यसरी जाँदा समाजकै चेतनास्तर माथि उठ्छ ।
Wow!
One of my best scholar in Nepal.
I entertain it a lot Nabin ji.
I am proud of you.