त्रिवि उपकुलपति- खुल्ला प्रतिस्पर्धामा कुन दल निकटका कसले दिए आवेदन ? (सूचीसहित) – Nepal Press

त्रिवि उपकुलपति- खुल्ला प्रतिस्पर्धामा कुन दल निकटका कसले दिए आवेदन ? (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । पहिलो पटक खुला प्रतिस्पर्धाबाट छनौट हुन लागेको उपकुलपतिको दौडमा बहालवाला निमित्त उपकुलपति, पूर्वपदाधिकारीदेखि अन्य विश्वविद्यालयका पदाधिकारीसमेत छन् ।

कात्तिक १६ गते उपकुलपति डा. धर्मकान्त बास्कोटाको ४ वर्षीय कार्यकाल सकिएसँगै कुलपतिसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रा. डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए । तीन महिनाका लागि कार्यवाहक उपकुलपति बनाइएको भुसालको कार्यकाल माघ १७ मा सकिँदैछ । त्यसपछि ४ वर्षका लागि उपकुलपति नियुक्त गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री दाहालले इतिहासमै यसपटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने दाबी गरेका थिए । शिक्षामन्त्री संयोजक रहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते पहिलोपटक विज्ञापन निकालेको थियो ।

त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० ’बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने भनेर सूचना जारी गरिएको थियो ।

तर, बुँदा नम्बर ‘ङ’ मा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि चाहिने उल्लेख गरेपछि उक्त विज्ञापन विवादित बन्यो । यो प्रावधानले योग्य व्यक्ति प्रतिस्पर्धामा उत्रिनबाट वञ्चित हुने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हावी हुन दिने गठबन्धन सरकारको मनसाय रहेको भन्दै एमालेनिकट अनेरास्ववियुले आपत्ति जनाएको थियो । लगत्तै आवेदन रद्द गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

३ दिनपछि उक्त बुँदा हटाउँदै १५ दिनको समयसीमा राखेर दोस्रोपटक सूचना निकालियो । जुन सूचनाको म्याद आज सकिएको हो ।

को-को छन् रेसमा

उपकुलपतिका लागि आवेदन दिनेहरूमा बहालवाला निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि छन् । नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.केशरजङ्ग बराल, मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपति प्रा.डा. इन्द्र कार्की छन् ।

यस्तै त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष प्रा.डा.गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा.राजकुमार पोख्रेल छन् । सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्रा.डा. टङ्कनाथ धमला, प्रा.डा.आनन्दवल्लभ जोशी, प्रा.डा. अक्कलजेव मिश्र, प्रा.डा. ऋदिशकुमार पोखरेल, प्रा.डा. नारायणप्रसाद पाठक, प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा आवेदन दिएको समितिले जनाएको छ ।

डा. शुभनारायण पाठक, प्रा.डा.महानन्द चालिसे, प्रा.सूर्यबहादुर थापा, प्रा.डा.भोजराज अर्याल प्रा.भीमसेन देवकोटा, प्रा.डा. वेदनाथ शर्मा, प्रा.डा. नारायणप्रसाद बेल्बासे, प्रा.डा. हेमराज शर्मा, प्रा.डा. प्रकाश घिमिरे (काठमाडौँ), प्रा.डा. प्रकाश घिमिरे (गोरखा) छन् । डा. रामचन्द्र बस्नेत, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा. महेन्द्रप्रसाद शर्मा, प्रा.डा. विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्काले पनि आकांक्षी छन् ।

यसैगरी प्रा.डा. कृष्णराज तिवारी, प्रा.डा. गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, प्रा.बालमुकुन्द रेग्मी, प्रा.डा. रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा प्रा.डा. प्रमोदकुमार झा पनि दाबेदारको सूचीमा छन् ।

यहाँ हामीले उपकुलपतिको दौडमा रहेकाहरू को कुन दलनिकटका ?

प्रधानमन्त्री दाहालले देशको नाममा सम्बोधन गरेर त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, उपकुलपतिमा आवेदन दिएका प्राध्यापकमध्ये अधिकांश कुनै न कुनै पार्टीनिकट छन् । स्रोतकाअनुसार यसपटक पनि दलनिकट व्यक्ति नै उपकुलपति हुनेछ । माओवादीनिकटको दाबी बलियो रहेको छ ।

आवेदन दिएकामध्ये १० जना माओवादी निकट, ८ जना कांग्रेसनिकट, २ जना एमालेनिकट, १ जना नेकपा एसनिकट छन् ।

हेरौं सूची

माओवादी निकट

१. शिवलाल भुसाल

२. लेखनाथ शर्मा

३. केशरजंग बराल

४. चन्द्रमणि पौडेल

५. राजकुमार पोखरेल

६. सूर्यबहादुर थापा

७. महेन्द्रप्रसाद शर्मा

८. चित्रबहादुर बुढाथोकी

९. बालमुकुन्द रेग्मी

१०. नारायणप्रसाद बेलबासे

कांग्रेसनिकट

१. तीर्थ खनिया

२. गुणनिधी न्यौपाने

३. कुसुम शाक्य

४. ऋदिष पोखरेल

५. ज्ञानेन्द्रप्रसाद पौडेल

६. महानन्द चालिसे

७. प्रकाश घिमिरे

८. केदार घिमिरे

नेकपा एमालेनिकट

१. इन्द्रबहादुर कार्की

२. नन्द बहादुर सिंह

नेकपा एसनिकट

१. गोविन्द सुवेदी छन् ।

नखुलेको २२ जना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *