‘समुदायमा कांग्रेस’ अभियानको लक्ष्य- जनताका गुनासो सुन्ने, पार्टीविरुद्वको भ्रम चिर्ने – Nepal Press

‘समुदायमा कांग्रेस’ अभियानको लक्ष्य- जनताका गुनासो सुन्ने, पार्टीविरुद्वको भ्रम चिर्ने

काठमाडौं । नेपाली कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान चलाउने भएको छ । जनताको तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने उद्देश्यले अभियान चलाउन लागेको हो ।

अभियानको लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय, अनुगमन र संयोजन गर्नेछन् ।

पार्टीका केही केन्द्रीय सदस्यहरू, प्रत्येक प्रदेशका एक-एक जना उपसभापति र महामन्त्री सो टोलीमा रहने र प्रदेश सभापतिले समग्र प्रदेशस्तरमा अभियानको समन्वय गर्ने कार्यतालिका तय भएको छ ।

७७ वटै जिल्लामा अभियानको संयोजन र सहजीकरण गर्न केन्द्रीय प्रतिनिधि रहने कांग्रेसले जारी गरेको परिपत्रमा उल्लेख छ । केन्द्रीय प्रतिनिधिले नै जिल्लाभित्रका सबै स्थानीय तहमा समेत समन्वय गरी अभियान अवधिभर जिल्लामा रही जिल्लामा हने सवै कामको इन्चार्जको रूपमा काम गर्नुपर्ने उल्लेख छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ १३ र १४ गतेसम्म सवै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्ने बताए । उनका अनुसार केन्द्रीय प्रतिनिधि जिल्ला पुगेर कार्यसमितिको विस्तारित बैठक अभियानको उद्देश्य र प्रारुपका बारेमा जानकारी दिने र प्रत्येक वडाका लागि प्रतिनिधि खटाउने, अभिमुखीकरण दिने, कार्यक्रम र कार्यतालिका तय गर्नेछन् ।

माघ १५ गते सम्बन्धित वडा कार्यसमितिको बैठक राख्नुपर्ने र १६ गते शहीद दिवसको दिन ६ हजार ७४३ वटै वडामा समुदायमा कांग्रेस अभियानको प्रारम्भ हुने पौडेलले बताए । १६ देखि २४ सम्म वडा तहमा समुदायमा कांग्रेस अभियानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ । २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सवै जिल्लामा अभियानको पहिलो चरणको अभियान सकिने जनाइएको छ । महासमितिको बैठकपछि दोस्रो चरणको अभियान लैजाने कांग्रेसको तयारी छ ।

अभियानको उद्देश्य

-तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने बुझ्ने ।

-जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुन्याउने, सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने । पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीको तर्फबाट समाधानका लागि पहलकदमी लिने ।

-स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धी र अभ्यासको अवलोकन गर्ने । असल अभ्यास सिक्ने । राम्रा पक्षको ग्रहण र सुधार गर्नुपर्ने विषयमा नीतिगत रूपमा पहलकदमी लिने ।

-जनताबाट आएका सुझावको संकलन र विश्लेषण गरी स्थानीय स्तरबाट टुङ्ग्याउन सकिने विषयको सम्वोधनका लागि पार्टीको तर्फबाट पहलकदमी लिने/सुनिश्चित गर्ने,
सरकारसँग समन्वय गर्ने । पार्टीको नीति निर्माणमा नीतिगत मार्गदर्शनका रूपमा लिने ।

-पार्टीका सन्दर्भमा जनताबाट आएका सल्लाह, सुझाव, गुनासाहरु सुन्ने, पार्टीले गरेका प्रयास र उपलब्धि बताउने, भ्रमहरू चिर्ने । जनताका सुझाव बमोजिम स्थानीय स्तरमा गर्नुपर्ने सुधार गर्ने, गराउने र अन्य पार्टीका नीति तथा कार्यक्रममा समावेश गर्ने विषयलाई अभ्भिलेखिकरण गरी केन्द्रमा बुझाउने ।

-संविधानको भावना अनुसार समुदायकावीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी ‘जनसंवाद र छलफल’ गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर