गोपी हमाल अयोध्या पुग्दा देवशिला भारत लान नेतृत्व गर्ने विमलेन्द्र निधिले किन पाएनन् निम्तो ? – Nepal Press

गोपी हमाल अयोध्या पुग्दा देवशिला भारत लान नेतृत्व गर्ने विमलेन्द्र निधिले किन पाएनन् निम्तो ?

काठमाडौं । गत सोमबार (फेब्रुअरी २२) मा भारतको उत्तर प्रदेशको धार्मिक धाम अयोध्यामा नेपालका नेताहरु बोलाइए । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालदेखि काठमाडौं उपमहानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गीसम्मले निम्तो पाए ।

पूर्वआईजीपी अच्युतकृष्ण खरेलदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसम्मका गैरधार्मिक वृत्तमा निम्तो आएको थियो । विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउददेखि नेपालका पशुपतिनाथदेखि बराह क्षेत्रका धार्मिक अगुवासम्मले निम्तो पाउँदा थोरैमात्र गैरधार्मिक क्षेत्रकाले निम्तो पाए । निम्तो पाउनेहरुको सूचीमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अटेनन् ।

निधि तिनै नेता हुन्, जसले अयोध्यामा नेपालबाट लगिएको देवशिलाको नेतृत्व गरेका थिए । उनै निधिले अयोध्याको तिम्तो पाएनन् । केही समय अगाडि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमण उपलिब्धपूर्ण भएको भनेर सार्वजनिक विज्ञप्ति पनि सार्वजनिक गरेका थिए निधिले ।

भारतीय संस्थापनसँग नजिक हुने प्रयासमा देखिने कदम चालेका निधिलाई निम्तो नआउनु संयोगमात्र नभएको जानकारहरु बताउँछन् । अयोध्या निमन्त्रणालाई नजिकबाट हेरेका एक जनाले भने, ‘विमलेन्द्र निधिदेखि आरजु राणा देउवासम्मले अयोध्यामा जान धेरै जोड गर्नुभएको थियो । तर, निम्तो आएन ।’

पछिल्लो समयमा शेरबहादुर देउवा क्याम्पसँग भारतीय संस्थापनको विश्वास कमजोर भएसँगै निमन्त्रणा नआएको जानकारहरुको आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर