सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति – Nepal Press

सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पौडेलद्वय बुधबार पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर