अदालतको क्वाटरभित्र बलात्कारको आरोप लगाउने महिलाविरुद्ध मुद्दा – Nepal Press

अदालतको क्वाटरभित्र बलात्कारको आरोप लगाउने महिलाविरुद्ध मुद्दा

तुलसीपुर । दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतकी सेवाग्राही महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ । घोराही १७ मा डेरा गरी बस्ने पीडित महिलाले सामाजिक सन्जालमा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन् ।

जिल्ला अदालतको क्वाटरभित्र लगेर मुद्दामा मेलमिलाप गराइदिने भनेर आफूलाई बलात्कारको प्रयास गरेको आरोपसहितको भिडिओ सक्षम युवा नामको फेसबुक आईडीबाट पोष्ट भएको छ । अदालतमा ती महिलाको अंश मुद्दा फैसला भइ कार्यान्वयनको चरणमा थियो ।

अंश मुद्दाको फैसला कार्यान्वयन गर्ने क्रममा ती महिलाले जग्गा बाँडफाँडको क्रममा श्रीमानको महङ्गो जग्गा आफूलाई पार्न फेसबुकको मेसेन्जरबाट दबाब दिने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले पाण्डेले आफ्नो चरित्र हत्या गरेको भन्दै महिलाविरुद्ध साइबर अपराधमा मुद्दा दिएको बताए ।

उनले आपराधिक लाभमा पनि मुद्दा आउने तयारी भएको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाए । आरोप लागेका पाण्डेले अदालतको सेवाग्राहीमाथि आफूले केही नगरेको र चरित्र हत्या गर्न खोजेको प्रहरीलाई भनेको मुद्दा फाँटका एक प्रहरीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *