कावा महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा, शर्मालाई जिम्मेवारी – Nepal Press

कावा महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा, शर्मालाई जिम्मेवारी

आठ महिनादेखि कावाकै भरमा चल्दै महालेखापरीक्षकको कार्यालय

काठमाडौं । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण काफ्ले शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।

विशिष्ट श्रेणीको कार्यकाल पाच वर्षको भए पनि २०७८ कात्र्तिक ११ गते नायव महालेखापरीक्षक (सहसचिव) बाट उप महालेखापरीक्षक (सचिव)मा बढुवा भएका काफ्ले उमेर हदका कारण २८ महिने अवधि पुरा गर्दै अनिवार्य अवकाशमा गएका हुन् ।

काफ्लेले गत साउन २२ गतेदेखि करिव ६ महिना कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पनि सम्हालेका छन् । तत्कालीन कार्यवाहक महालेखापरीक्षक राममाया कुंवर पाच वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि बरिष्ठताका आधारमा काफ्लेले कावा महालेखापरीक्षकको जिम्मेवारी पाएका थिए ।

अहिले काफ्ले उमेर हदका कारण अनिवार्य अवकाशमा गएसंगै बरिष्ठताका आधारमा शुक्रबारदेखि उपमहालेखापरीक्षक बामदेव शर्माले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पाएका छन् ।

रिक्त उपमहालेखापरीक्षकका लागि तीन जना नायव महालेखापरीक्षक प्रतिस्पर्धामा

काफ्लेको अनिवार्य अवकाश भएसंग महालेखापरीक्षकको कार्यालय उपमहालेखापरीक्ष्कको एक पद रिक्त भएको छ । रिक्त रहेको पदमा बढुवाका लागि तीन जना नायव महालेखापरीक्षक प्रतिस्पर्धामा छन् । जसमा पहिलो नम्बरमा श्रीकुमार राई, दोस्रो नम्बरमा बैकुण्ठबहादुर अधिकारी र तेस्रो नम्बरमा घनश्याम पराजुली रहेका छन् ।

पहिलो नम्बरमा रहेका राई पूर्वाधार विकास लेखापरीक्षण विभाग अन्तरगत प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, कोशी प्रदेश हेर्दै आएका छन् भने दोस्रो नम्बरमा रहेका अधिकारीले शासकिय व्यवस्था लेखापरीक्षण विभाग अन्तरगत नीति, योजना, जनशक्ति विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र गुणस्तर तथा अनुगमन महानिर्देशनालय हेर्दै आएका छन् र केन्द्रीय सचिवालय एवं व्यवस्थापन महानिर्देशनालय पनि हेर्दै आएका छन् ।

तेस्रो नम्बरमा रहेका पराजुलीले अर्थ, राजस्व तथा कार्यमूलक लेखापरीक्षण विभाग अन्तरगत प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, लुम्बिनी प्रदेश हेर्दै आएका छन् ।

काफ्ले अनिवार्य अवकाशमा गएको पत्र बढुवा समितिलाई जानकारी हुने वित्तिकै लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेका बढुवा सिफारिस समितिले बरिष्ठताका आधारमा तीन जना नायव महालेखापरीक्षकको नाम उपमहालेखापरीक्षकमा बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनलाई उपमहालेखापरीक्षकमा बढवा गर्नेछ । बरिष्ठताका आधारमा नै बढुवा गरेमा पहिलो नम्बरमा रहेका राई बढुवा हुने सम्भवाना बढी छ ।

आठ महिनादेखि महालेखापरीक्षकको कार्यालय कावाको भरमा

यसैविच विगत आठ महिनादेखि महालेखापरीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चल्दै आएको छ । तत्कालिन महालेखापरीक्षक टंकमणी शर्मा गत जेठ आठ गते सेवा अवधि पुरा गरेर अवकाशमा गएसंगै महालेखापरीक्षको पद रिक्त रहेको हो ।

महालेखापरीक्षक शर्मा अवकाशमा गएलगत्तै तत्कालिन उपमहालेखापरीक्षक राममाया कुंवरले गत जेठ आठ गतेदेखि गत साउन २२ गतेसम्म अढाई महिना कावा महालेखापरीक्षकको जिम्मेवारी पाएकी थिईन । साउन २२ गते कुवंर अनिवार्य अवकाशमा गएपछि काफ्लेले कावा महालेखापरीक्षकको जिम्मेवारी पाएका थिए ।

करिब ६ महिना काफेलेले कावा महालेखापरीक्षकको जिम्मेवारी पुरा गरेसंगै उनी पनि उमेर हदका कारण अनिवार्य अवकाशमा गएसंगै बामदेम शर्माले कावा महालेखापरीक्षकको जिम्मेवारी पाएका छन् ।

रिक्त रहेको महालेखापरीक्षकका लागि १५ जनाको आवेदन, सिफारिस भने अन्यौलमा

गत साउनमा नै रिक्त रहेका महालेखापरीक्षकसहित विभिन्न संवैधानिक निकायका विभिन्न पदका लागि संवैधानिक परिषद्को सचिवालयले आवेदन आह्वान गरेको थियो । जसमा महालेखा परीक्षकका लागि कार्यवाहक महालेखापरीक्ष, पूर्व कार्यवाहक महालोपरीक्षकसहित पूर्व सचिवसम्म गरेर १५ जनाले आवेदन दिइसकेका छन् ।

महालेखा परीक्षकको कार्यालयमा रिक्त रहेको ६ वर्षे कार्यकाल रहने संवैधानिक पदमा दरखास्त दिनेमा अहिले भर्खरै अनिवार्य अवकाशमा गएका कार्यवाहक महालेखापरीक्षक एवम महेश्वर काफ्ले, पूर्व कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र कार्यवाहक महालेखापरीक्षको भर्खरै जिम्मेवारी पाएका वामदेव शर्मा, नायव महालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी रहेका छन् भने र पूर्व नायव महालेखापरीक्षक अशोक कार्की पनि रहेका छन् ।

आवेदन दिने बहालवाला सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राय रहेका छन् भने पूर्व सचिव गोपीनाथ मैनाली, रामप्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी, शंकर खरेल र शिशिरकुमार ढुङ्गाना रहेका छन् । यस्तै चाटर्ड एकाउन्टेन्ट (सिए)तर्फबाट सुबोध कर्ण र हरि सिलवालको आवेदन परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर