‘बेटी पढाऊ, बेटी बचाऊ’ मा भ्रष्टाचार ठहर : तत्कालीन सहसचिव भुसाल र ईन्जिनियर झालाई कैद तथा जरिवाना – Nepal Press

‘बेटी पढाऊ, बेटी बचाऊ’ मा भ्रष्टाचार ठहर : तत्कालीन सहसचिव भुसाल र ईन्जिनियर झालाई कैद तथा जरिवाना

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार प्रकरणमा तत्कालीन सहसचिव एवम् मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव यामप्रसाद भुसाल र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरधाम धनुषाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

अदालतले उनीहरुलाई मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा भ्रष्टाचार प्रकरणमा दाेषी ठहर गरेकाे हाे । उनीहरुलाई तीन महिना कैद र दश हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुसालसहित ५ जना कर्मचारी तथा एक कम्पनीविरुद्ध ५० करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगमा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा अनियममिता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको निवेदन परेपछि अनुसन्धान गरिएको थियो ।

सह-लेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैंठौं रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दासले भने सफाइ पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर