कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
नेपाल प्रेस
२०८० माघ १२ गते १०:११
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रिय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी काँग्रेसको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर